६ वैशाख २०८१ बिहीबार
प्रविधि

२३ जिल्लामा टेलिकमको सिम निःशुल्क

काठमाडौँ – नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लाहरूमा निःशुल्क सिम वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर मा रु. ५० को टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरेको हो ।  

साथै टेलिकमले बाढी प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराउने समेत भएको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरूका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा यही भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ   

प्रकाशित: १५ भाद्र २०७४ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App