coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नसिरुद्दिनलाई डिंम्पलको जवाफ !

मुम्बई–केही दिन पहिला भारतीय कलाकार नसिरुद्दिन शाहले स्वर्गीय अभिनेता राजेश खन्ना एक खराब कलाकार भएको र उनको कारण ७० को दशकका  चलचित्रको गुणस्तरमा कमी ल्याएको विवादस्पद बयान दिएका थिए।

उनको यो भनाइको हाल भारतभर  कडा आलोचना भइरहेको छ। यसै क्रममा खन्नाकी पत्नी डिम्पल कपाडियाले उनको भनाइको आलोचना गरेको भारतीय संचार माध्यले जनाएका छन्। उनले सबेैलाई आफ्नो आफ्नो भनाइ राख्ने अधिकार भएको तर कसैलाई आक्षेप लगाउने अधिकार कसैलाई नभएको बताएकी छन्। उनले भनिन्, ‘राजेश खन्नाले भारतीय सिने जगतमा कती योगदान दिए भन्ने सबैलाई थाहा छ, त्यसैले मलाई उनको करियर र सफलताको बारेमा भनिरहनु पर्दैन जस्तो लाग्दछ।’

केहीदिन अघि खन्नाकी छोरी ट्विंकल खन्नाले ट्व्टिर मार्फत शाहको उक्त भनाइको खण्डन गरेकी थिइन् । उनले ट्विट गरेकी थिइन् ‘सर यदि तपाइँ जिवित मानिसको इज्जत गर्न सक्नुहुन्न भने कमसेकम मरेका मानिसको त सम्मान गर्नु होस् ,तपाई यस्तो मानिसको आलोचना गर्दै हुनुहुन्छ जो यस दुनियामा छैन र जबाफ दिन सक्दैन।’ यसैबीच शाहले आफ्नो भनाइको गलत अर्थ लगाइएको भन्दै खन्ना परिवारसँग माफी मागेका छन्।

 

प्रकाशित: १२ श्रावण २०७३ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App