‘म नेपाली उखानको प्रशंसक हुँ’

शुक्रबार, १६ भदौ २०७४, १९ : ०७ कृष्ण ढुंगाना  | @krishnakirtipur


भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:

तपाईं नेपाल आउनुभएको कति भयो ?
नेपाल आएको एक महिनाजति भयो । आज मेरो यो नेपालीमा दोस्रो अन्तर्वार्ता हो । म पहिलोपटक नेपाल आएकी हुँ । अमेरिकी विदेश मन्त्रालयमा यो मेरो पाँचौँ नियुक्ति हो । यसअघि दक्षिण एसियाका भारत र पाकिस्तान बसेकी थिएँ । भारत र पाकिस्तानभन्दा नेपालमा फरक अनुभव गर्दै छु । फरक संस्कृति, फरक इतिहास, फरक रहनसहन भएको नेपाल धेरै राम्रो लागिरहेको छ । नेपाल साँच्चै सुन्दर देश रहेछ।

दक्षिण एसियाली खानाका परिकार असाध्यै मनपर्छ । यहाँको लामो इतिहास छ । यहाँका मन्दिर र स्मारक धेरै पुराना छन् । यहाँको सामाजिक विविधता, सद्भावको पक्ष मलाई निकै राम्रो लाग्छ । योबाहेक मलाई मन छोएको अर्को कुरा यो क्षेत्रको आतिथ्यता हो।

तपाईं राम्रोसँग नेपाली बोल्नुहुँदो रहेछ, कहाँ सिक्नुभयो ?
मेरो नेपाली भाषा त्यति राम्रो छैन, राम्रो बनाउने कोसिस गर्दै छु । वासिंगटन डिसीमा लगभग नौ महिनासम्म मैले नेपाली शिक्षकसँग पढेँ । भारतमा हुँदा हिन्दी भाषा बोलिनँ, त्यसकारण देवनागिरी सिक्दा मलाई केही गाह्रो पनि भयो । डिसीमा तीन नेपाली शिक्षकले मलाई भाषा पढाउँथे। शान्ति, अनुप र सत्यजी मेरा भाषा शिक्षक थिए । विद्यार्थी म मात्रै थिएँ । त्यहाँ दैनिक पाँच घन्टाजसो मैले नेपाली पढेँ । मेरो नेपाली यत्तिको हुनुमा उहाँहरूको योगदान महत्वपूर्ण छ । उहाँहरूलाई धेरै धेरै धन्यवाद ।

तपाईंले सुरुमा सिकेको नेपाली शब्द के थियो ?
नेपाली अंग्रेजीभन्दा फरक भाषा हो। यसको उच्चारण पनि फरक छ। सुरुमा मैले क, ख, ग, घ अनि ट, ठ, ड उच्चारण गर्न सिकेँ । सबै साउन्ड सिकेँ, यो अंग्रेजीभन्दा धेरै फरक छ। मैले सुरुमा सिकेका शब्द पारिवारिक थिए। श्रीमान्, छोरा, छोरी, आमा, बा सुरुमा यस्तै नाता र सम्बोधन सिकेँ । नेपालीहरूबीच ‘के गर्ने’ भन्ने शब्द धेरै ठाउँमा प्रयोग हुँदो रहेछ। अनि सबै अवस्थामा मिल्दो पनि रहेछ।

नेपाली उखानहरू पनि सिक्नुभयो कि ?
मलाई नेपालीको सबैभन्दा मनपरेको पक्ष नै उखान हो। नेपाली उखान धेरै छक्क पार्ने किसिमका रहेछन्। धेरै लामो अनुभवले खारिएका निष्कर्षहरू र सांस्कृतिक विषय उखानमा आउने रहेछ। उदाहरणका लागि हात्ती आयो हात्ती आयो फुस्सा, वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ । वास्तवमै म नेपाली उखानको प्रशंसक हुँ।

धेरै कूटनीतिज्ञहरू सामाजिक सञ्जालमा औपचारिक विषयभन्दा बढी पोस्ट गर्दैनन् । तपाईंको ट्विटरमा अनौपचारिक र रमाइला पोस्ट देखिन्छन् नि ? 
वास्तवमा म रमाइलो मान्छे हो, मेरा नेपाली साथीलाई पनि सोध्नुस्। हो, ट्विटरमा अलि सरकारप्रति कटाक्ष, आक्रामक भएको देखिन्छ। त्यही भएर होला, धेरै कूटनीतिज्ञहरू सामाजिक सञ्जाललाई एउटा ठूलो हाउगुजीका रूपमा लिन्छन्। परिवर्तित अवस्थामा यो धेरै महत्वपूर्ण छ। नयाँ सूचना थाहा पाउन र मान्छेसँग सम्पर्क गर्न मलाई ट्विटरले धेरै सहयोग गरेको छ। वास्तवमा  कूटनीतिसँगै मेरा अरु भूमिका पनि छन्। म आमा र श्रीमती पनि हुँ। जीवन धेरै छोटो छ, त्यसैले यसलाई रमाइलो बनाइराख्नुपर्छ। राम्रा–नराम्रा धेरै कुरा आइरहन्छन्, राम्रो र रमाइलो विषय टिप्न सक्नु मुख्य हो। 

कराँची काउन्सुलेटभित्रै मेरो निवास थियो। त्यो कम्पाउन्डमा अमेरिकी नागरिक मात्रै प्रवेश पाउने नियम थियो। त्यसैले सुरुमा धेरै गाह्रो स्थिति थियो । कराँचीमा बडीगार्डबिना म हिँडडुल गर्न पाउँदिनथेँ । उहाँको सधैँ प्रश्न के हुन्थ्यो भने बडीगार्डसँगै लिएर कसरी डेट जानू ?

अलिकति फरक प्रश्न, अमेरिकी युवती कसरी पाकिस्तानी युवकको प्रेममा पर्न पुगी त ?
(लामो हाँसो) निकै चाखलाग्दो प्रश्न । म पाकिस्तानको कराँचीस्थित अमेरिकी काउन्सुलेट जनरल कार्यालयमा थिएँ। अहिले सम्झँदा मलाई निकै ठूलो आश्चर्यजस्तो लाग्छ । त्यहाँ हामीले धेरै ठूलो सञ्जाल निर्माणको काम गरिरहेका थियौँ। अहिलेका मेरा श्रीमान् ट्विटरमा निकै सक्रिय हुनुहुन्थ्यो। उहाँ कराँचीकै स्थानीय हो । खासमा त्यहीँ कामकै सिलसिलामा हाम्रो भेट भयो। बिस्तारै हामी नजिकियौँ। कराँची काउन्सुलेटभित्रै मेरो निवास थियो। त्यो कम्पाउन्डमा अमेरिकी नागरिक मात्रै प्रवेश पाउने नियम थियो। त्यसैले सुरुमा धेरै गाह्रो स्थिति थियो । कराँचीमा बडीगार्डबिना म हिँडडुल गर्न पाउँदिनथेँ । उहाँको सधैँ प्रश्न के हुन्थ्यो भने बडीगार्डसँगै लिएर कसरी डेट जानू ? उसलाई सँगै लगेपछि लन्च खुवाउनुपर्‍यो, डिनर खुवाउनुपर्‍यो । अनि गालामा चुम्बन गर्नुपर्‍यो। हामीले निकै अप्ठेरो स्थिति झेल्यौँ। भाग्यवश, अमेरिकी सरकारले त्यतिबेलै नियम परिवर्तन गर्‍यो र अन्य देशका नागरिक पनि निवासमा आउन पाउने नियम बनाइदियो । मेरो श्रीमान् कराँची काउन्सुलेटको निवास प्रवेश पाउने पहिलो पाकिस्तानी व्यक्ति हुनुभयो । त्यसपछि मात्र हामीले मेरो निवासमा स्टार वल्र्डमा फिल्म हेर्दै दिउँसोको खाना खान पायौँ ।

एन्डी डी आरमेन्ट। तस्विरः प्रबीन कोइराला

कबिर सिद्दिकी (श्रीमान्) किन त्यस्तो विशेष लाग्यो त? 
उहाँ अमेरिकी संस्कृतिमा भिजेको मान्छे हुनुहुँदोरहेछ । अमेरिकी फुटबलको एउटा ठूलो प्रंशसक। 

अमेरिकी जीवनशैलीमा हुर्किएकी युवतीलाई मुसलमान परिवारमा ‘एडजस्ट’ हुन सहज वा असहज के भयो ?
कामको सिलसिलामा दक्षिण एसियामा बस्दा मैले के अनुभव गरेँ भने, यहाँको समाजले परिवारलाई एकदमै महŒव दिँदो रहेछ । परिवारबारे अमेरिकामा फरक सोच छ । यता आएपछि मैले आमा, बा, हजुरबा, हजुरआमा, नाति, नातिना सबै एउटै घरमा मिलेर बसेको देखेँ । अमेरिकामा मेरो हजुरबाका १३ छोराछोरी छन् । हामी पाँच दाजुभाइ दिदीबहिनी छौँ । अमेरिकी संस्कृतिमा यो निकै ठूलो परिवार मानिन्छ । जहाँसम्म मुसलमान परिवार भन्नुभयो नि, हामी न अमेरिकामा बसेका छौँ, न त पाकिस्तानमै । त्यही भएर इस्लाम र क्रिस्चियन दुई धर्म मान्ने हाम्रो एउटा अन्तर्राष्ट्रिय परिवार हो।

तपाईंले दक्षिण एसियामा लामो समय बिताइसक्नुभयो, यहाँ तपाईंलाई मनपर्ने पाँच पक्ष के के हुन् ? 
निश्चिय नै खाना । दक्षिण एसियाली खानाका परिकार असाध्यै मनपर्छ । यहाँको लामो इतिहास छ । यहाँका मन्दिर र स्मारक धेरै पुराना छन् । यहाँको सामाजिक विविधता, सद्भावको पक्ष मलाई निकै राम्रो लाग्छ । योबाहेक मलाई मन छोएको अर्को कुरा यो क्षेत्रको आतिथ्यता हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...