coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फालेलुङमा फेरी पहिरो, ६ परिवार विस्तापित

पाँचथर- फालेलुङ गाँउपालिका– ५ मा लुङमादीन भन्ने ठाँउमा पहिरो जाँदा सात परिवार विस्तापित भएका छन् । पछिल्लो दुई दिन परेको पानीसँगै सानो सानो पहिरोजाँदा ६ परिवार विस्तापित भएका हुन ।

पहिरोले घरलाई जोखिम बनाएपछि यहाँका बासिन्दा विस्तापित भएको स्थानीय सन्दिप थाम्सुहाङले जानकारी दिए । उनका अनुसार पहिरो जान थालेपछि यहाँका वासिन्दा भागेका थिए । घरवरी परि ढुला ढुला ढुंगा सहित पहिरो बगेको उनले जानकारी दिए।

पहिरोका कारण भीम साँवा, विष्णु सावा, थिरवहादुर सावा, दिपक केरुङ, गणेश साँवा, विमन केरुङको घर उच्च जोखिममा परेका हुन। बस्तीका विभिन्न भागमा पहिरो गएको छ । ठूला ठूला ढुंगा आएर सोहि क्षेत्रमा जोखिम बढाएको थाम्सुहाङले जानकारी दिए । भिरालो बस्तीमा पहिरो गएककाहो । विस्थापितहरु आफन्तको सरणमा छन । घरको समान समेत निकालीएको छैन । प्रहरीलाई खवर गरेपनि प्रहरी पुग्न सकेको छैन । पहिरो गएको जानकारी आएकाले मेमेङ र प्राङवुङबाट प्रहरी पठाइएको डिएसपि बामदेव गौतमले जानकारी दिए । प्रहरी नपुगेका यकिन विवरण आउन बाँकि छ ।

यस अघि साउनमा गएको पहिरोका कारण यो गााउपालिका दुई जनाको ज्यान जानुका साथै दुई जना वेपत्ता भएका थिए । पहिरोका कारण सो क्षेत्रका १ सय १४ परिवार विस्तापित छन ।

प्रकाशित: १६ भाद्र २०७४ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App