coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फेडेरर र नाडाल तेस्रो चरणमा

न्युयोर्क- पूर्व विजेता रोजर फेडेरर र राफेल नाडालले बिहीबार आ–आफ्नो खेल जित्दै युस ओपनको अन्तिम ३२ मा स्थान पक्का गरेका छन् ।
फेडेररले न्युयोर्कमा करियरको कीर्तिमानी ८०औं विजय हासिल गर्ने क्रममा मिखाइल योज्नीलाई ६–१, ७–६(३÷७), ४–६, ६–४, ६–२ को सेटमा हराए । पाँच पटकका विजेता ३६ वर्षे फेडेररले अन्तिम १६ प्रवेशका लागि अर्का ३५ वर्षे खेलाडी फेलिसियानो लोपेजसँग प्रतिस्पर्धा गर्नेछन् । स्पेनका लोपेजविरुद्ध विगतमा फेडेररको नतिजा १२–० को छ ।
विश्व नम्बर एक नाडालले जापानका टेरो ड्यानियललाई ४–६, ६–३, ६–२, ६–२ को सेटमा हराए ।  २०१० र ०१३ का विजेता नाडालले पहिलो सेट गुमाए पनि दोस्रो सेटबाट लय समातेका थिए । ड्यानियलले अहिलेसम्म शीर्ष १० वरियाताका खेलाडीलाई हराउन सकेका छैनन् ।
आन्द्रे रबलुभ तेस्रो चरण प्रवेश गर्ने दोस्रा युवा खेलाडी बनेका छन् । रुसका १९ वर्षे रबलुभले सातौं वरियाताका ग्रिजोर दिमित्रोभलाई ७–५, ७–६(७÷३), ६–३ को सोझो सेटमा हराएका हुन् । यसअघि १८ वर्षे डेनिस स्पोभलोभले तेस्रो चरणमा स्थान पक्का गरेका थिए ।
अस्ट्रेलियाका छैटौं वरियताप्राप्त डोमिनिक थिएमले अमेरिकाका १९ वर्षे टेलर फ्रिट्जलाई ६–४, ६–४, ४–६, ७–५ को सेटमा हराए । २००९ का विजेता हुँवा मार्टिन डेल पोर्टोले स्पेनका एड्रिन मेनेन्डेज–मासेइरसलाई ६–२, ६–३, ७–६(७÷३) को सेटमा हराउँदै तेस्रो चरणमा स्थान पक्का गरे । वेल्जियमका नवौं वरियताप्राप्त डेविड गोफिनले अर्जेन्टिनाका गुइडो पेलालाई ३–६, ७–६(७÷५), ६–७(२÷७), ७–६(७÷४), ६–३ को सेटमा हराए ।
महिलातर्फ अमेरिकाकी शेल्वे रोजर्स र अस्ट्रेलियाकी २५औं वरियाताप्राप्त डारिया गाभ्रिलोभाले महिला एकलमा सबैभन्दा लामो समय खेल्ने कीर्तिमान बनाएका छन् । ३ घण्टा ३३ मिनेट चलेको खेलमा रोजर्सले ७–६(८÷६), ४–६, ७–६(७÷५) को सेटमा नतिजा निकलिन् । दुई वर्षअघि योहाना कोन्टा र गाब्रिन मुगुरुजाले दोस्रो चरणमा ३ घण्टा २३ मिनेट खेलेका थिए ।
रुसकी आठौं वरियाताप्राप्त स्येटलाना कुज्नेतसोभा जापानकी कुरुमी नारासँग ६–३, ३–६, ६–३ को सेटमा स्तब्ध भइन् । शीर्ष वरियाताकी क्यारोलिन प्लिसकोभाले अमेरिकाकी निकोल गिब्सलाई २–६, ६–३, ६–४ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान पक्का गरिन् । चौथो वरियाताप्राप्त युक्रेनकी एलिना स्भितोलिनाले रुसकी इभगेनिया रोडिनालाई ६–४, ६–४ ले हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । फ्रेन्च ओपन विजेता लाट्भियाकी जेलेना ओस्टापेन्काले रोमानियाकी सोनाना चिर्सतालाई ६–४, ६–४ ले हराइन् । ओस्टापेन्का युएस ओपनको तेस्रो चरणमा पुगेको यो पहिलो पटक हो ।

प्रकाशित: १७ भाद्र २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App