coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गरुडको मूर्ति पनि अकस्मात् भागेर हराउँदा

राष्ट्रव्यापी गर्जन र होहल्ला साथ राजधानीमा वैदिक सनातनी धर्मावलम्बीले विराट सम्मेलन भव्यतापूर्ण सम्पन्न गरेका मात्र थिए, अकस्मात हाम्रो काठमाडौं राजधानीकै छातीमा रहेको हाँडी गाउँमा सयौँ वर्षदेखि गौरवसाथ उभिएर जनतालाई स्नेह साथ आशीर्वाद दिँदै र मन्त्रमुग्ध बनाउँदै आएको गरुडको मू¨त हाम्रो वैदिक परम्पराका प्रबल प्रवक्ता र प्रतिपादकलाई हाँक दिँदै पखेटा चालेर क्षितिजपारि उडेर बेपत्ता भयो । उक्त सम्मेलनमा तीन–चार सय कट्टर सनातनी भेला भएका थिए । जसमध्ये धेरैजसो संस्कृति, भाषाको मर्यादा लोप हुन लाग्यो भन्दै अत्यन्त चिन्तित, असाध्य व्यथित र औधि रुष्ट देखिन्थे । कुनै एक नेपाली लेखकले आफ्नो साहित्यिक नाउँमा कुनै समय तालव्य शको साटो दन्त्य स लेखेको थियो र त्यसरी आफ्नो नाउँ आफूखुसी लेख्नु भनेको धा¨मक परम्परामा आघात पु¥याउनु, अधर्म र पापको समर्थन गर्नु र संस्कृतजस्तो देववाणीप्रति अपमान देखाउनु हो भनी घन्टौँ घोक्रो सुकुन्जेल प्रवचन दिई वैदिक धर्मको रक्षा गर्ने अभिनय त्यस सम्मेलनमा गरियो, तर त्यतिका आन्तरिक रूपले शुद्ध, निर्मल र पवित्र छौँ भनी डम्फु बजाउने व्यक्तिमध्ये एकले सम्म पनि हाम्रो राजधानी वरपरका वैदिक मन्दिर वरिपरि गन्हाइरहेका दिसाका लिँड, जमेर आहाल भएका पिसाबका दह र नाकै थुन्नुपर्ने मैलाका थुप्रा सफा गर्ने र अलपत्र परेर त्यसै पल्टिरहेका देवताका मू¨तको सम्मान, सुरक्षा र स्नेह गर्ने कार्यतर्फ ध्यान दिने मौका पाएनन् वा मौका पाए पनि वास्ता नै गरेनन् । उनीहरू तीन–चार हजार वर्षअघिका पुराना, असामयिक र अविकसित विचारलाई मच्चीमच्ची चिच्च्याइरहेका थिए, भट्ट्याइरहेका थिए र फिँजाइरहेका थिए । अर्कातिर उनकै भौतिक आँखा अगाडिबाट प्रसिद्ध विष्णुका जनप्रिय वाहन गरुड आफ्नो आसनबाट बुर्लुक्क उफ्रँदै आकाश मार्गतिरबाट चुपचाप क्षितिज नाघ्न लम्किरहेको दुर्घटना भने तिनका आध्यात्मिक अन्तदृष्टिमा पर्न सकेन ।

राजधानीभित्रको हाँडीगाउँ भन्ने स्थान पुराताŒिवक महŒवले गर्दा विद्वतवर्गमा निकै परिचित पनि छ । त्यहाँ सत्यनारायणको मन्दिर अघिल्तिर एक हजार तीन सय वर्षभन्दा बढी समयदेखि एउटा गरुडको सम्पन्न मान्छेजत्रो मू¨त हात जोडेर बसिरहेको थियो । भर्खरै रामनवमी मनाएर वैदिक सनातनी भक्तजन आ–आफ्ना घरडेरामा मस्त सुतिरहेका वेला आफ्नो सयौँ वर्षको वासस्थानलाई चटक्क माया मारी त्यस गरुडले रातारात कुलेलम ठोकेछ ।

हो हाम्रा विष्णुका मू¨तहरू, लक्ष्मीका प्रतीकहरू र शिव–पार्वतीका कलात्मक रूपहरू जम्मैजसो नै वायुयान चढेर विदेशतर्फ बसाइँ सरिसकेका छन् र सम्भव छ हाँडी गाउँको शान्त र गम्भीर मुद्रामा देब्रे घुँडा मारेर दाहिने घुँडा टेकी बसिरहेका त्यस गरुडलाई पनि आफ्ना मालिक फर्कन्छन् कि भनेर प्रतीक्षा गर्दागर्दै वाक्क लाग्यो होला र उनले पनि उतैको बाटो तताएका होलान् । जेहोस्, हाम्रो त्यो सुन्दर गरुड अग्लो खाँबाबाट झ्वाम्म हाम फालेर आफैँ नै पखेटा चलाउँदै उडेर गएको पक्कै पनि होइन, उसका प्रशंसकको एउटा समूह नै त्यहाँ सुटुक्क दक्षता साथ तानेर झिकी आफैँसँग वायुयानभित्र लगी रमाउँदै आकाशयात्रा ग¥यो होला ।

नेपाल गरुड कुनै सम्पन्न व्यक्तिको प्रतिकृति हुँदोरहेछ भन्ने कुराको साक्षात् प्रमाण चाँगुनारायण मन्दिरको मूल ढोका अगाडि घुँडा मारेर हात जोडी बसिरहेको राजा मानदेवको सौम्य र राजसी आकृतिको गरुडको मू¨त नै हो । डम्म जिउ भएको यस मू¨तको अनुहार राजाको जस्तो प्रभावशाली छ ।

आफूलाई गरुडका रूपमा गरुडजस्तै विष्णुको सेवा गर्न तत्पर देखाउन घुँडा मारी हात जोडेको यस्तो मू¨त विष्णु मन्दिरको मूल ढोकाअगाडि कुँदिएर राखिएको हुन्छ । कालो चिल्लो ढुंगाबाट बनेको राजा मानदेवको गरुडमू¨त जत्रै आकारमा उस्तै ढुंगाबाट हाँडीगाउँको सत्यनारायण मन्दिरअगाडिको गरुडमू¨त पनि बनेको थियो । फरक चाहिँ के थियो भने हाँडीगाउँका गरुडमू¨तको नाक बढी चुच्चो–पातलो थियो । हेर्नेबित्तिकै चाँगुको गरुडमू¨तबाट क्षत्रियोचित शौर्य झल्केझैँ हाँडीगाउँको मू¨तबाट बाहुनको झझल्को हुन्थ्यो ।

हो, हाँडीगाउँको गरुडमा अनुपरम भन्ने ब्राह्मण नै अंकित थिए । तिथिमिति नभएको त्यस गरुड स्तम्भमा व्यासको स्तुति कपिएको छ र वैदिक धर्मको पक्ष लिएर बुद्धधर्मलाई कुता¨कक भन्ने संज्ञाले विरोध जनाइएको छ ।

ऐतिहासिक अध्ययनमा चासो राख्नेलाई थाहै होला, अनुपरम भन्ने व्यक्ति भीमगुप्ताका बाबु हुन् । अनुपरमकी धर्मपत्नी गोमिनी आभिरीले पशुपतिनाथका चौसट्ठी लिंगकै नजिकमा आफ्ना पतिको सम्झनामा अनुपरेमेश्वर भन्ने शिवलिंगको स्थापना गरी गुठी समेत राखेकी थिइन् ।

लिच्छवी राजा मानदेवका नाति वसन्तदेव क्राइस्टाब्द छैटौँ शताब्दीका राजा हुन् र अनुपरमका छोरा भीम गुप्त राजा वसन्तदेवका वरिष्ठ सल्लाहकार र शक्तिशाली भारदार थिए । कुनै वरिष्ठ वा सम्पन्न व्यक्तित्व नभई मन्दिर बनाउने वा मन्दिरका अगिल्तिर मानव कदको प्रस्तर मू¨त गरुडका आकारमा बनाई स्थापित गर्ने क्षमता कसैमा पनि हुन सक्दैन ।

हामीले नेपाली संस्कृति, नेपाली मू¨तकला, नेपाली परम्परा भनेर जतिसुकै सम्मेलन बोलाए पनि, गोष्ठीको आयोजना गरे पनि र अनुसन्धान चलाए पनि हाम्रा गौरवमय गरुड भने रातारात हाम्रा बीचबाट चोरिएको विदेशतिर बेचिँदा छन् र हामी भने हात बाँधेर टुलुटुलु हेर्न विवश छौँ ।

प्रकाशित: १७ भाद्र २०७४ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App