७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाढी पीडितलाई १ मिलियन डलर सहयोग गर्ने ट्रम्पकाे घाेषणा

न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम लेडी मेनालिया ट्रम्पले  अमेरिकाको बाढीग्रस्त राज्य टेक्सासका जनतालाई व्यक्तिगत सम्पतिबाट १ मिलियन डलर आर्थिक सहायता गर्ने घोषणा गरेका छन्। 

हाल  टेक्सासमा बाढीबाट मर्नेहरूको संख्या ३० नाघिसकेको छ भने   हजारौँ मानिसहरू विस्थापित  छन् ।
लगातारको वर्षाका कारण गएको बाढीले टेक्सास राज्यको जनजीवन अस्तव्यस्त बनेको हो । 

हार्भी नामक आँधीका कारण भएको वर्षाले बाढी निम्त्याएको थियो ।  राष्ट्रपति ट्रम्प र प्रथम महिलाले विहीबार बाढी प्रभावित क्षेत्र टेक्सासको अवलोकन गर्दै उद्धार कार्यमा कुनै पनि कन्जुयाँइ नगर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । उनले टेक्सासको उद्धार कार्य विश्वमा नै उदाहरणीय बन्नुपर्ने बताएका थिए ।    

अवलोकनको क्रममा उनले बाढीका कारण ज्यान गुमाउनेहरू प्रति समवेदना व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरूका परिवार प्रति उचित क्षतिपूर्तिको व्यवस्था गरिने बताए ।  बाढीका कारण टेक्सास राज्यको होस्टन र वरिपरिका क्षेत्र डुबानमा परेका छन् । 
बाढीका कारण भौतिक संरचनाहरू डुबानमा परेका छन् ।  

होस्टन महानगर तथा टेक्सास राज्यका करिब २५० सडकहरू बाढीका कारण अवरूद्ध हुन पुगेका छन् । राष्ट्रिय मौसम विज्ञान विभागका अनुसार  अमेरिकाको इतिहासमा  यो अकल्पनीय घटना हो । 

टेक्सास राज्यको होस्टन, भिक्टोरिया तथा कोर्पस  क्रिस्टी क्षेत्र बाढीको उच्च जोखिममा परेका क्षेत्रहरू हुन् । 

प्रकाशित: १७ भाद्र २०७४ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App