coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
नागरिक खोज

आयल निगमको जग्गा खरिदमा कैफियत छ: मन्त्री मण्डल (भिडियो)

काठमाडौं- आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा कहीं न कहीं कैफियत भएको बताएका छन्।  विगतमा साना कुराहरूमा पनि संसदमा हंगामा भएको बताउँदै उनले यति ठूलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार व्याक्तिहरु नबोल्दा समस्या छ भन्ने आफुलाई लागेको बताए। शनिबार रिपोटर्स क्लबमा बोल्दै मन्त्री मन्डलले भने, 'यो विषयमा जुन स्तरबाट कुरा उठ्नु पर्थ्यो जहाँबाट उठ्नु पर्थ्यो त्यसरी उठेको छैन। जनताको चासो भएको विषयमा केही ठाउँबाट मात्रै कुरा उठेको छ।'

 आयल निकगमा निर्देशक गोपाल खड्काले जग्गा खरिदमा अनियमितता गरेको भन्ने कुरा अहिलेसम्म अनुशन्धानकै विषय भएकोले प्रमाणित भए कुनै दवावमा नपरी कारबाही गर्ने उनले स्पष्ट पारे। 'शिवकुरमा मण्डल प्रेसरसँग डाराउँदैन,' उनले भने, 'दोषी देखिए कानुनी कारबाही गर्न मन्त्रालय कुनै प्रेसरसँग डराउँदैन दोषीलाई कारबाही हुन्छ।' 'संसदको सार्वजनिक लेखा समितिले अनियमितताबारे केही कैफियतभएको ठहर गर्दै अख्तियारलाई पत्र पठाएको भए पनि त्यसको बोधार्थ मन्त्रालयमा आएको जानकारी आफूलाई नभएको मण्डलले बताए ।

‘निर्देशक खड्का दोषी ठहरिएमा कुनै हालतमा पनि कारबाही हुन्छ,' मण्डलले भने, ' दोषीलाई कारबाही गर्न कुनै कम्प्रोमाईज’ हुँदैन।'

समाचार प्रकाशन गरेको आधारमा नागरिक दैनिकलाई ८० करोड क्षतिपुर्ती माग्दै निर्देशक खड्काले मुद्दा दायर गरेकोबारे सोधिएको प्रश्नको उत्तर दिँदै मन्त्री मण्डलले यसबारे आफ् बोल्न नमिल्ने बताए। 'यो उहाँहरु दुई बीचको कुरा हो यसबारे म बोल्न मिल्दैन' मण्डलले भने।

आफु मन्त्री हुनु भन्दा पहिल्यै जग्गा खरिद भएको बताउँदै उनले मन्त्रालयसँग जोडिएपछि यसबारे आफ्नो ध्यानकेन्द्रीत गरेको बताए।

मन्त्रालयले पनि यस विषयमा छानविन गरिरहेको उनले बताए। 'प्रधानमन्त्री कार्यालयबाट आएका केही पत्रहरुको आधारमा हामीले पनि छानविन थालेका छौं', उनले भने, 'आफ्नै प्रकारले यसबारे मन्त्रालय पनि अघि बढेको छ । दोषी देखिएको खण्डमा कारबाही गर्न हामी कुनै कम्प्रोमाइज गर्दैनौं।'

 

 

 

प्रकाशित: १७ भाद्र २०७४ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App