coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक परीक्षणले भूकम्प

सोल- अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ ।

यस परीक्षणको उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको थिएन । त्यो के कस्तो बम हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टी गरेको थिएन।

तर पनि सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टी भएको छिमेकी देशहरुले बताएका छन्। परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ।

त्यस लगत्तै उत्तरले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो । उत्तरको आधिकारिक समाचारमा सो परीक्षण सफल भएको भनिएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको जनाएका हुन् ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो।

उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टी भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्रहरु निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । तर उत्तर कोरियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ। उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ।

साथै दक्षिण कोरियाली विज्ञहरुले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली बिज्ञहरुले गरेका छन्।

उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गरेको समाचार आएको थियो। त्यस लगत्तै यो कम्पन आएकोले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो।

यस परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भनेका छन्, यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरु जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।

उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरुले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधान भन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् । रासस



 

 

प्रकाशित: १८ भाद्र २०७४ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App