७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीलाई चिकित्सकले भने– स्थगन हैन, सम्बन्धन खारेजी गराउनुस्

काठमाडौँ – नेपाल चिकित्सक संघले काठमाडाैँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन  खारेजै गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

संघको टोलीले देउवालाई आइतबार भेटेर सम्बन्धन स्थगनले मात्रले अझै चलखेलको संभावना कायम रहने भन्दै सम्बन्धन खारेज नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संघले काठमाडौँमा अबको दश वर्षसम्म थप मेडिकल कलेज नखोल्ने संघ र डा.केसीसँग भएका सहमतिमा माथेका कार्यदलको प्रतिवेदनको सुझाव लाई समेत समेटेर चिकित्सा शिक्षा ऐन तत्काल पास गर्न माग गरेको छ । संघले काठमाडौँमा थप कलेज नखोल्न र हाल मनसायपत्र पाएका कलेजको समेत मनसायपत्र खारेजी गर्न समेत ध्यानाकर्षण गराएको छ।
 
संघका अध्यक्ष डा.मुक्तीराम श्रेष्ठले भेटका क्रममा प्रधानमन्त्रीले आजै सरोकारवालाई बोलाएर सम्बन्धनका बारेमा आवश्यक निर्देशन दिने प्रतिवद्धता जनाएका छन् । ‘सम्बन्धनबारे त्रिवि पदाधिकारी र चिकित्सा शिक्षा ऐनबाट सासंदहरूसँग कुरा गरिहाल्छु भन्नु भएको छ,’ डा.श्रेष्ठले भने । स्रोतका अनुुसार प्रधानमन्त्री देउवाले त्रिवि उपकूलपतिले खारेज गर्छु भनेपनि स्थगन गरेको बताएका थिए । देउवाले त्रिविले छानविन गरेर सम्बन्धन खारेज नगरेर छानविन र कारवाही थाल्ने बताएका थिए।

यसअघि देउवाले शनिबारमात्रै त्रिवि उपकूलपतिलाई टेलिफोन गरी सम्बन्धन खारेज नगरे बर्खास्तगीसम्मको चेतावनी दिएपछि शनिबारै त्रिविले कार्यकारी परिषद् बोलाएर सम्बन्धन स्थगनको निर्णय गरेको थियो। 

टोलीले विवादित सम्बन्धन खारेजीसँगै चिकित्सकमाथि विभिन्न ठाउँमा भएका आक्रमणका घटनासहित डा.केसीले घोषणा गरेको अनशनका विषय समेटिएको ज्ञापनपत्र समेत प्रधानमन्त्रीलाई बुझाएको थियो । संघका महासचिव डा.लोचन कार्कीले आफूहरूले डा.केसीसँग भएका सम्झौता कार्यान्वयनमा समेत इमान्दार बन्न ध्यानाकर्षण गराएको बताए । ‘राज्यले नसक्ने कुरा सम्झौता नगरोस्, जे कुरामा सम्झौता भएका छन् त्यसको कार्यान्वयन गरोस्’ प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै कार्कीले भने, ‘सम्झौता गर्ने कार्यान्वनय नगर्ने प्रवृतिले राज्यको बेइज्जत भएको छ।’

प्रकाशित: १८ भाद्र २०७४ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App