coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु

नयाँ दिल्ली –  उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ। 

एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्। 

अक्सिजन र औषधीको कमीबाट उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकिया चिकित्सालय ९अस्पताल०मा रहेका बालबालिकाको मृत्यु भएको बताइएको छ।

अस्पतालको नवजात शिशु विशेष हेरचार एकाइमा ३० बालबालिकाको मृत्यु भएको छ भने, अन्य १९ जनाको डेलिभरीको अवस्थामा अर्थात डेलिभरी भएको केही समयपछि नै मृत्यु भएको बताइएको छ। 

उत्तर प्रदेश केही समययता सरकारी अस्पतालमा नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ। गत हप्ता ४८ घण्टाको अवधिमा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा ४२ बालबालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका थिए। 

मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले सञ्चार माध्यमहरूसँग भनेका थिए। 

गत महिनाको सुरुमा सोही अस्पतालमा अक्सिजनको कमीलगायत विभिन्न कारण ७० जना भन्दा बढीको नवजात शिशुको मृत्यु भएको थियो। 

प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले विहारको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालका समेत गरी सयौं विरामीलाई भेट्नु भएको थियो। 

‘नेपाल, विहार र उत्तर प्रदेशको धेरै ठाउँमा भीषण वर्षा भएकाले अवस्था अझ नराम्रो हुन सक्छ, दैनिक धेरैभन्दा धेरै बालबालिका अस्पतालमा ल्याइएको छ’ एक जना चिकित्सकले भने। 

प्रकाशित: १९ भाद्र २०७४ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App