दरबारमार्गमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रीको छापा

सोमबार, १९ भदौ २०७४, १७ : २८ दिलीप पौडेल


काठमाडौं- विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ?  २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ? तर तपाई दरवारमार्गका 'ब्रान्डेड सोरुम' मा पुग्नु भयो भने त्यो गलत ठहर्ने छ। त्यहाँ तपाईको अनुमान भन्दा धेरै नाफा राखेर सामान बेच्ने गरिएको सोमबार आपुर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा भेटिएको छ।  कानून अनुसार २० प्रतिशत भन्दा बढी नाफा राख्न पाइदैन। तर ति सोरुमहरुले १ हजार प्रतिशत सम्म नाफा राखेर कानुनको धज्जीमात्र उडाएका छैनन, उपभोक्तामाथी सरासर लुट गरिरहेका छन्।

बजार अनुगमनको क्रममा १ हजार प्रतिशत सम्म नाफा असुलेको पाइएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए। ४७ सय २० मा खरिद गरिएको जुत्तालाई २६ हजार ९ सय ९० बजार मूल्य राखिएको अनुगमन टोलीले भेटाएको थियो।

बजार अनुगमनको क्रममा १ हजार प्रतिशत सम्म नाफा असुलेको पाइएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए। दबारमार्गस्थित नाइक सोरुममा ४७ सय २० मा खरिद गरिएको जुत्तालाई २६ हजार ९ सय ९० बजार मूल्य राखिएको अनुगमन टोलीले भेटाएको थियो।

दरवारमार्गमा दसैं तिहारको छुट दिने बहानामा उपभोक्तालाई ठगेको भेटिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। बेन्ट्लीले सोरुममा छापा मार्दा सामानको खरिद विल देखाउन सकेनन्।  

'उपभोक्तालाई ठग्नेहरुलाई कुनै पनि प्रकारको कानूनी छुट दिइने छैन', आपूर्तिमन्त्री मण्डलले भने, 'कठोर कारबाही गरिनेछ।'

अत्याधिक नाफा राखेर कालोबजारी गर्ने सोरुमलाई आपूर्ति मन्त्रालयले सोमबार छापा मारेर सिल गरेको छ। आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दै उपभोक्तासँग चर्को मूल्य असुलेको देखिएका बेन्ट्ले, पुमा, नाइक, स्टोर वान र एभिन्यू मार्केटिङमा सिल गरेको हो।   

आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले बजारको अनुगमन गरेको थियो। अनुगमन गर्दा छुटको नाममा उपभोक्ताहरुलाई ठगेको देखिएपछि ति आउटलेटमा सिल गरिएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए।






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

समस्या बढाउने सञ्जाल

समस्या बढाउने सञ्जाल

केही अध्ययनले सोसल मिडियाको प्रयोग र डिप्रेसनबीच सम्बन्ध देखाएका छन् । केही अध्ययनले भने कसरी सोसल मिडियाले राम्रो गर्न सक्छ...

सोहेल खान काठमाडौंमा

सोहेल खान काठमाडौंमा

बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको...

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। ...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले प्रस्तुती दिएका छन् । ...