coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलाडीका लागि भोटिङ जारी

काठमाडौं- पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डमा परेका पाँच मनोनीत खेलाडीबीच भोटिङका लागि प्रतिस्पर्धा भइरहेको छ ।
पपुलर प्लेयर अफ दी इयरको नाम रहेको यो विधालाई गत वर्षबाट पिपल च्वाइस अवार्ड बनाइएको थियो । यस अवार्डका लागि यो वर्ष पौडी खेलाडी गौरिका सिंह, क्रिकेटका  दीपेन्द्रसिंह ऐरी, एथलेटिक्सकी कान्छीमाया कोजु, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपुल्यामु खत्री मनोनयनमा परेका छन् । 
मनोनीत खेलाडीमध्येबाट खेलप्रेमीले गरेको एसएमएस र फेसबुक लाइकमा बाजी मार्ने खेलाडी भदौ २६ गते हुने कार्यक्रममा सम्मानित हुनेछन् । विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्चले साउन ३० गते मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको थियो । बितेको वर्ष खेलाडीले आर्जन गरेको चर्चाका आधारमा शीर्ष पाँच खेलाडीको मनोनयन गरिएको मञ्चले जनाएको छ । मनोनयन सार्वजनिक भएसँगै खुलेको मतदान भदौ २५ गते मध्यरातसम्म चल्नेछ । यस विधामा गत वर्ष टेबलटेनिसकी नविता श्रेष्ठ विजयी भएकी थिइन् ।
 

प्रकाशित: २० भाद्र २०७४ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App