४ वैशाख २०८१ मंगलबार
कला

पुसमा ‘बटरफ्लाई’

काठमाडौं- द फ्रेम क्रियशनको व्यानरमा निर्मित फिल्म ‘बटरफ्लाई – मायाका रङहरू’ पुस २८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । ओमप्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारी प्रमुख भूमिकामा छन् ।

पोष्ट प्रोडक्सन भइरहेको फिल्मको कार्यकारी निर्माता रमेश प्रजापति छन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व, विकास चौधरी, दीपक शर्माको संगीत छ ।

प्रकाशित: २० भाद्र २०७४ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App