५ वैशाख २०८१ बुधबार
प्रवास

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

 सिकागो- अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा रामानन्द चौधरी, प्रभुनन्द चौधरी, जवाहरलाल चौधरी, नरेन्द्र चौधरी, कमलेश चौधरी, भावना विश्वास र अरुण चौधरी छन्। बन्दसत्रमा विद्यान संसोधन, संस्थाको कार्यप्रगति विवरण र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो।

समाजले कलाकारहरु प्रिया चौधरी, भावना विश्वास, खुसी चौधरी र अनडिसाइडेड ब्यान्डका मिलन चौधरी शंकर पराजुली, भुवन राई, अमोद बइजु र आशिक श्रेष्ठलाई सम्मान गरेको सचिव ललित चौधरीले जानकारी दिए। उनका अनुसार फुटबलका अब्बल निराजन चौधरी, इन्देश्वर चौधरी र तेक्वान्दोका सनम चौधरी र सौगात चौधरीलाई पनि सम्मान गरेको थियो।

त्यस्तै मेधावी विद्यार्थी नरेन्द्र चौधरी, समाजसेवी सञ्जय सिह र पर्मा चौधरीलाई पनि सम्मान गरिएको थियो।

समुदायमा विशेष योगदान पुर्‍याउँदै आएका गैर आवासीय नेपाली संघ, इलिनस्का सभापति सत्यनारायण चौधरीलाई समाजले विशेष सम्मान गरेको थियो। अमेरिकाको सिकागोल्यान्डमा १ सय २० जना थारुहरु बस्छन्। कार्यक्रममा भने १ सय ५० जनाको उपस्थित थियो।

 

 

प्रकाशित: २० भाद्र २०७४ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App