coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरिया युद्ध निम्त्याउँदैछ

अमेरिका: परमाणु हतियारको परीक्षणलाई निरन्तरता दिएर उत्तर कोरियाले युद्ध निम्त्याएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।
उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेपछि सोमबार साँझ संयुक्त राष्ट्रसंघ सुरक्षा परीषद्को  आपतकालीन बैठक बसेको थियो । बैठकमा राजदूत हेलीले उत्तर कोरियाको विषयलाई लिएर बलियो कदम चाल्नु आवश्यक रहेको बताएकी थिईन् ।
सुरक्षा परिषद्को बैठकमा अन्य सदस्य राष्ट्रहरूले समेत उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणको कडा शब्दमा निन्दा गरेका गरेका थिए ।
उत्तर कोरियाको साझेदार राष्ट्रका रूपमा रहेको चीनले भने आफुले कोरियाली प्रायद्दिपमा युद्ध नचाहेको भन्दै अझै पनि  कुटनीतिक वार्ताका माध्यमबाट समस्यामा समाधानको पक्षमा  रहेको बताएको थियो ।
सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियामाथि कार्वाही हुनुपर्नेमा सम्पूर्ण सदस्य राष्ट्रहरूले एकमत जाहेर गरेका थिए ।
परमाणु हतियार सम्पन्न राष्ट्रले जिम्मेवारी बोध गरी काम गनुपर्ने बताउँदै राजदूत हेलीले उत्तर कोरिया माथि कडा कुटनीतिक कार्वाही हुनुपर्नेमा अडान लिईन् ।
आगामी साता प्रस्तुत गर्नका लागि अमेरिकाले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धका खाका तयार पारिरहेको राजदूत हेलीले बताइन् ।
रूसको पक्षमा रहेको उत्तर कोरियाको राष्ट्र चीनले कुटनीतिक रूपमा समस्या सुल्झाउनु पर्ने धारणा राखेपनि कुटनीतिक समाधानको सम्भावना ज्यादै नै न्यून रहेको अनुमान गरिएको छ ।

 

 

प्रकाशित: २० भाद्र २०७४ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App