coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वेलायती राजपिरवारमा नयाँ सदस्य थपिँदै, केट मिडल्टन गर्भवती

लन्डन – बेलायतका राजकुमार विलियम तथा राजकुमारी केट तेस्रा सन्तानका मातापिता हुने भएका छन्। किङ्स्टन प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजकुमार दम्पतीले तेस्रो सन्तानको अपेक्षा गरिरहेको जनाएको हो। विलियम र केटकातर्फबाट यसअघि दुई छोराछोरी छन्। ३५ वर्षे राजकुमारले तेस्रो सन्तानका पिता हुन लागेका हुन्। तेस्रो बच्चाको  खबरले महारानी तथा राजकुमार परिवार प्रशन्न छन्।

विलियम र केटका अहिले दुई बच्चाहरु छन्। छोरा जर्ज ४ वर्ष भएका छन् भने छोरी सार्लोट २ वर्ष पुगेकी छिन्। गर्भधारण गरेकी केटको स्वास्थ्य जाँच एवं हेरचार दरबारभित्रै भइरहेको छ।

विलियम र केटका अहिले दुई बच्चाहरु छन्। छोरा जर्ज ४ वर्ष भएका छन् भने छोरी सार्लोट २ वर्ष पुगेकी छिन्। गर्भधारण गरेकी केटको स्वास्थ्य जाँच एवं हेरचार दरबारभित्रै भइरहेको छ।

पहिला जस्तै यो पटक पनि गर्भावस्थामा राजकुमारी केट मिडल्टनलाई ‘मर्निङ सिकनेस’को समस्या छ। सन् २०१२ मा पहिलो पटक गर्भधारण गर्दा पनि उनलाई यही समस्या देखिएको थियो। त्यतिबेला उनलाई अस्पतालमा उपचार गराइएको थियो। दोस्रो बच्चा जन्मिने समयमा पनि त्यही समस्या देखिए पनि उनको रेखदेख राजकुमारले दरबारमा नै गराएका थिए। यो पटक पनि उनको स्याहार दरबारबाट नै गरिने घोषणा राजकुमारले गरिसकेका छन्।

राज्यको जिम्मेवारीका साथसाथमा राजकुमार दम्पती आफ्नो तेस्रो सन्तानलाई दरबारका स्वागत गर्ने तयारीमा जुटेका छन्। बेलायती प्रधानमन्त्री थेरेसा मेले यसलाई चासोका साथ लिँदै राजकुमार दम्पतीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् बधाई दिएकी छिन्।

बीबीसीका अनुसार केट गर्भवती भएको खबर उनको स्वास्थ्यका कारणले सार्वजनिक गरिएको हो। युवराज जर्जले स्कूल जाने तयारी गरिरहँदा राजपरिवारमा तेस्रो बच्चाको खबर सार्वजनिक भएको हो। अब जन्मिने सन्तान वेलायती राजपरिवारमा युवराज चाल्र्स, विलियम, जर्ज, युवराज्ञी सार्लटपछि पाँचौं बरियताको हुनेछ।

प्रकाशित: २० भाद्र २०७४ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App