८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटर एकाउन्ट बन्द

टोकियो – लामखुट्टे मारेको फोटो ट्वीटरमा पोष्ट गरेपछि जापानका एक युवकको ट्वीटर एकाउन्ट बन्द गरिएको छ। 
ट्वीटरमा लामखुट्टे  मारेर फोटो पोष्ट गरेको केही समयमा नै उनको ट्वीटमा ३१ हजार भन्दा बढी रिट्वीट तथा २७ हजार भन्दा बढी लाइक आएको थियो। 

उनको ट्वीटले यस्तो रूप लिएपछि उनको ट्वीटर एकाउन्ट बन्द गरिएको भन्दै उनले नयाँ ट्वीटर एकाउन्टबाट जानकारी दिएका छन्। 

ट्वीटर मार्फत् सामाजिक हिंसा फैलाउने तथा गाली बेइज्जती जस्ता कार्यहरूलाई बढावा दिएमा उक्त व्यक्तिको एकाउन्ट बन्द गर्ने नियम ट्वीटर कम्पनीको रहेको छ।

गत अगस्ट २० मा टिभी हेर्ने क्रममा ती युवकलाई एक लामखुट्टे  टोकेको थियो । उनले उक्त फोटो ट्वीटरमा राखेपछि उनको एकाउन्ट आकस्मिक रूपमा बन्द गरिएको थियो । युवकले भने एकाउन्ट बन्द गरेकोमा आलोचना गरेका छन्। 

 

प्रकाशित: २१ भाद्र २०७४ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App