८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण कोरिया र साउदी अरेबिया छनोट

तेहरान- ओमार अल सोमाले इन्जुरी समयमा बराबरी गोल गरेपछि द्वन्द्वग्रस्त सिरियाले इरानसँग २–२ को बराबरी नतिजा निकाल्दै विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गरेको दिन मंगलबार दक्षिण कोरिया र साउदी अरेबियाले एसियाबाट रूसको टिकट काटेका छन् ।

यअसघि नै रूस विश्वकपका लागि छनोट भइसकेको इरानविरुद्ध सिरिया २–१ ले पछि थियो । तर इन्जुरी समयको तेस्रो मिनेटमा अल सोमाले गोल गरेपछि सिरियाली टोली केहीबेर देशभित्रको द्वन्द्व बिर्संदै वेपरबाह रुपमा खुसी मनाउन सफल भयो । २–२ को बराबरीपछि तेस्रो स्थानमा रहेर समूह ‘ए’ को खेल सकेको सिरियाले समूह ‘बी’ मा तेस्रो भएको अस्ट्रेलियासँग दुई लेगको प्लेअफ खेल्न पाउने भएको छ । उक्त प्लेअफको विजेताले अन्तरमहादेशीय प्लेअफमार्फत रूस विश्वकपको स्थान खोज्नेछ ।

एसियाली छनोटअन्तर्गत समूह चरणको अन्तिम दिन दक्षिण कोरियाले उज्वेकिस्तानसँग गोलरहित बराबरी नतिजा निकाल्दै विश्वकपमा स्थान पक्का ग¥यो । साउदी अरेबिया समूह ‘बी’ बाट यसअघि नै विजेताको हैसियतमा रूसको टिकट काटिसकेको जापानमाथि १-० को जित निकाल्दै उपविजेताका रूपमा छनोट भयो ।

थाइल्यान्डमाथि २–१ को जित हासिल गरेको अस्ट्रेलिया र साउदीको समान १९ अंक भए पनि गोलअन्तरमा पछि परेका कारण अस्ट्रेलिया तेस्रो स्थानमा सीमित भयो ।

एसियाली छनोट प्रतियोगिताअन्तर्गत दुवै समूहका शीर्ष दुई टोली सोझै रूसका लागि छानिन्छन् । दुवै समूहमा तेस्रो हुने टोलीले आपसी प्लेअफ खेल्नुपर्नेछ । आपसी प्लेअफको विजेताले अन्तरमहादेशीय प्लेअफ पनि जित्न सके रूसको टिकट काट्ने प्रावधान छ ।

प्रकाशित: २२ भाद्र २०७४ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App