coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युवामा को उत्कृष्ट ?

काठमाडौं- अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य सफलता हासिल गर्न नसक्नु मात्र नेपाली भलिबलको समस्या होइन । घरभित्र पनि भलिबल राम्ररी व्यवस्थित हुन भ्याइसकेको छैन । त्यसका बावजुुद माटो सुहाउँदो भन्दै नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको छ ।

यो वर्ष भलिबलले राष्ट्रिय खेलको मान्यता पाए पनि त्यसका लागि आधार भने लामो समयदेखि बन्न थालेको थियो । सबै ७५ जिल्लामा खेल्न सकिने र सस्तो हुनु भलिबलको सबभन्दा महŒवपूर्ण र फाइदाजनक पक्ष हो । त्यसमा निजी स्तरबाटै पनि नियमित रूपमा हुने प्रतियोगिताहरूले मलजल गरिरहेका थिए । यस्तै निजी प्रयासबाट चलेको न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली नेपालको राष्ट्रिय खेलकुदकी सबभन्दा मूल्यवान् सम्पत्ति हुन् ।

गत वर्ष न्यु डायमन्डले पोखरा लामाचौरको खुला भलिबल प्रतियोगिता, एनभिए क्लब च्याम्पियनसिप छनोट, आइजिपी कप र कुस्मामा सम्पन्न दिदीबहिनी कपको उपाधि जित्दा प्रतिभा टोलीकी मुख्य खेलाडी थिइन् । उनकै प्रेरणामा टोलीले सातौं राष्ट्रिय खेलकुदसहित ३ घरेलु प्रतियोगितामा उपविजेताको हैसियत पनि प्राप्त ग¥यो ।

यस क्रममा चार पटक उत्कृष्ट खेलाडी घोषित प्रतिभाले विशेष अवार्ड, लोकप्रिय खेलाडी तथा उत्कृष्ट स्पाइकरका पुरस्कार पनि धेरै जितिन् । व्यावसायिक भलिबलको यात्रालाई माल्दिभ्ससम्म पु¥याउने क्रममा उनले त्यहाँको मिस्किमागुबाट खेल्दै नेसनल च्याम्पियनसिपको उपाधि जितिन् । माल्दिभ्समा विदेशीतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित प्रतिभाले चार खेलमा क्विन अफ दी म्याचको पुरस्कार जितेकी थिइन् ।

वर्ष २०७३ मा उपलब्धिका थुप्रै चाङ लगाउन सफल प्रतिभा त्यही वर्षको प्रदर्शनका आधारमा फेरि एकपटक अर्को उपलब्धिनजिक पुगेकी छिन् । उनी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत युवा विधाको शीर्ष पाँचमा परेकी छिन् । जहाँ प्रतिभाले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठसँग ५० हजार नगद पुरस्कार राशिको उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

राष्ट्रिय टोलीको समेत महŒवपूर्ण सदस्यको हैसियत बनाइसकेका दीपेन्द्रले गत वर्ष नेपालका लागि ४ अर्धशतकसहित सर्वाधिक ३५७ रन बनाएका थिए । त्यस्तै नेपालले एएफसी सोलिडारिटी कपमा उपाधि जित्दा रक्षापंक्तिका स्टार अनन्तको भूमिका महŒवपूर्ण थियो । सेमिफाइनलमा उनले लाओसविरुद्ध काउन्टर अट्याकमा गएर गोल गर्दै फाइनल यात्राको आधार बनाएका थिए ।

नेपाली जुडोकी उदीयमान खेलाडी मनिताले कोचीमा सम्पन्न क्याडेट एसियन च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । सातौं राष्ट्रिय खेलकुद, अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे रन सिनियर जुडोमा उनले स्वर्ण पदक जितेकी थिइन् । अम्बिका मेमोरियलमा स्वर्ण जित्ने क्रममा उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि हात पारेकी थिइन ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकी कमलाले जापानमा सम्पन्न युथ एन्ड जुनियर एसियन च्याम्पियनसिसपमा कुल १ सय ४० किलो तौल उठाउँदै सिनियरको कीर्तिमान सुधार गरेकी थिइन् । गत वर्ष कुल चार राष्ट्रिय कीर्तिमान बनाउने क्रममा उनले सातौं राष्ट्रिय खेलकुदमा तीन कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App