६ वैशाख २०८१ बिहीबार
कला

‘रानी’ मा नयाँ कलाकारको डेब्यु

काठमाडौं- बलिउड अभिनेत्री कंगना रनावतले बलिउड भाइ भतिजाले भरिएको टिप्पणी गरेपछि ‘नातावाद’ बलिउडमा चर्चाको विषय बनेको छ । नेपालमा पनि अघिल्लो पुस्ताका फिल्मकर्मी भुवन केसी, शोभित बस्नेत, नारायण पुरीका सन्तानले उद्योगमा दह्रोसँग खुट्टा टेकेका छन् । फिल्म ‘रानी’मार्फत् थप दुई नयाँ कलाकार उद्योगमा डेब्यु गर्दैछन् । दयाराम दाहालको निर्देशनमा बनेको फिल्मबाट कलाकार सानु ताम्राकारका छोरा सारुक ताम्राकार र अभिनेता शिव श्रेष्ठका भतिजा मनिष सुन्दर श्रेष्ठले डेब्यु गर्न लागेका हुन् । दुवैको अभिनय रहेको फिल्मको पहिलो गीत ‘भन भन’ बिहीबार सार्वजनिक गरिएको छ । फिल्ममा दुबैले पूर्व मिस नेपाल मलिना जोशीसँग रोमान्स गरेका छन् । गीतमा विजय घिमिरेको शब्द र संगीत तथा विजय र निखिता थापाको स्वर छ ।

कार्यक्रममा फिल्मका निर्देशक दयाराम दाहालले फिल्म प्रेमकथामा आधारित रहेकाले दर्शकको नजरमा पर्ने बताए । ‘हामीले फिल्ममा मायाको स्वच्छतालाई देखाउन खोजेका छौं,’ उनले भने ।

फिल्मकी नायिका मलिना जोशीले फिल्मको नाम नै प्यारो लागेकाले यसमा काम गर्दा निकै रमाइलो लागेको बताइन् । सारुक र मनिषले आपूmहरूले सानैदेखि नेपाली फिल्मसँग नजिक रहेकाले पनि करियरका लागि फिल्म क्षेत्र नै रोजेको बताए । भानु महर्जनको प्रस्तुतिमा विमल गुभाजुले निर्माण गरेको फिल्ममा सुशन खड्काको पनि अभिनय रहने छ । आगामी कात्तिक २ गते रिलिज हुने फिल्ममा अष्ट महर्जनको द्वन्द्व, अर्जुन जिसीको सम्पादन, बब्बु थापाको नृत्य, यम थापाको लेखन र पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायांकन छ ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App