बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

शुक्रबार, २३ भदौ २०७४, १४ : ४४ एजेन्सी


कोस बजार – पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ। 

बिहीबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या साढे दुई लाख पुगेको छ। म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरू देश छोडेर भागेको जनाएका छन्। 

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ। 

छिमेकमा पर्ने यस देशमा म्यानमाली नागरिक जाने क्रम जारी छ । म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन्। 

गत हप्तामात्र राष्ट्रसंघले दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त सङ्ख्या बढेर बिहीबार साढे दुई लाख पुगेको हो। 

म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका छन्। उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन्। 

यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ। संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन्। 

राखिज राज्ययमा हिंसा मच्चिएको बताइएको छ। सोही कारणले म्यानमाली भाग्नुपरेको उनीहरुको दाबी छ । तर पनि म्यानमाली सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गरेको छ। 

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ। 

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ। 

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ। 

भाग्ने क्रममा ६० जनाको ज्यान गयो  

यसैबीच यो पछिल्लो पटक भएको भागदौडका क्रममा परेर कम्तीमा पनि ६० जनाको ज्यान गएको छ। उनीहरुको म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा डुंगा डुबेर मृत्यु भएको हो। 

बङ्गलादेशका सीमा सुरक्षा गार्डले दिएको जानकारीअनुसार ती शरणार्थीले नदी तर्ने क्रममा माछामार्ने डुंगा प्रयोग गर्ने गरेका र यस्तो डुंगा डुबेर उनीहरुको ज्यान जाने गरेको छ। 

त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको भनी बङ्गलादेशको सीमा सुरक्षा बलले बताएको भए पनि त्यसो हुन सकिरहेको छैन। 





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...

हाँस्य फिल्म हुर्रेको प्रचारप्रसार तीब्र

हाँस्य फिल्म हुर्रेको प्रचारप्रसार तीब्र

नेपाली हाँस्य फिल्म हुर्रेको रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तिब्रता दिइएको छ। शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म...

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्। ...

सरोजले जिते छमछमी

सरोजले जिते छमछमी

हेटौडाका सरोज राना प्रजा डान्सिङ रियालिटी सो ‘रियो छमछमी सिजन थ्री’को विजेता बनेका छन् । सरोजले दुई लाख ७४ हजार...