coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता

दोहा – साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्। 

यो कुराकानीसँगै उनीहरूबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ। 

कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन। 

कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गरेका थिए।

टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताएका थिए। 

उनले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारवालाहरूको सर्वोत्तम हितलाई ध्यानमा राखेर समाधान निकाल्नु पर्नेमा जोड दिएको समाचार संस्थाहरुले जनाएका छन् । 

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन्। 

कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन। तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ। 

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन्। ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन्। 

जे भएपनि समस्या समाधानका लागि छलफल तथा पहल गर्न साउदी अरबका राजकुमार मोहम्मदले विषेश प्रतिनिधि पठाउने प्रस्तावलाई कतारका राजा सेख तामिमले स्वागत गरेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ । 

कतारी राजा हमाद अल थानीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गरेका थिए । 

कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने कतारी राजाको भनाइ थियो । 

कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताएका थिए। 

साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएइ), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन्। उनीहरूले जमिन, समुद्र हवाइ सम्पर्कसमेत बन्द गरेका छन्। 

प्रकाशित: २४ भाद्र २०७४ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App