८ वैशाख २०८१ शनिबार
समाज

दुई यात्रु बस ठोक्किंदा तीनजनाको मृत्यु

चितवन- पूर्व पश्चिम महेन्द्र राजमार्गको चितवन पिप्ले नजिक शनिबार दिउँसो दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा तीनजनाको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार सो दुर्घटनामा २७ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नं. १ मा दिउँसो तीन बजे सो घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्माले जानकारी दिए।

निधन हुनेमा एकजना महिला र दुईजना पुरुष छन् । उनीहरुको सनाखत हुन सकेको छैन । विरगञ्जबाट नारायणगढ आउँदै गरेको ना ६ ख ९१२५ नम्बरको यात्रु बस र नारायणगढबाट हेटौंटा तर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्बरको अर्को यात्रु बस एक आपसमा ठक्कर खाएको डिएसपी शर्माले बताए । घाइते भएर उपचारका लागि ल्याउँदै गर्दा एकजना महिलाको बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

डिएसपी शर्माका अनुसार मृतक दुईजना पुरुषको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको थियो। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाँकी यात्रुको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल र चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २४ भाद्र २०७४ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App