८ वैशाख २०८१ शनिबार
खेल

बास्केटबलमा नेपाल तेस्रा

काठमाडौं- नेपालले शनिबार माल्दिभ्सलाई पराजित गर्दै साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा तेस्रो स्थानमा रहन सफल भएको छ ।
दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा नेपालले ६ अंक जोड्दै तेस्रो भएको हो । यसअघि भुटानलाई हराएको नेपाल भारत र बंगलोदशसँग पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई १०३–४१ को स्कोरमा हराएको हो । नेपालका लागि गेल्चेन शेर्पाले सर्वाधिक २५ स्कोर गरे । अघिल्ला तीन खेलमा धेरै स्कोर गरेका अभिषेक सिंहले २० अंक थपे ।
माल्दिभ्समाथि नेपालले सुरुबाटै अग्रता कायम राख्यो । पहिलो क्वार्टरमा ३०–१० ले अगाडि रहेको नेपालले अग्रतालाई कायम राख्दै ३१–४, १९–१२ र २३–१५ को प्रदर्शन ग¥यो ।
शनिबारै भारतले भुटानलाई हराउँदै प्रतियोगिताको उपाधि जित्यो । प्रतियोगिताको एक मात्र अपराजित टोली भारतले भुटानलाई १३१–५० को स्कोरमा हरायो । भारतका लागि प्रिन्सपाल सिंहले २० स्कोर गरे । प्रिन्स ‘मस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
पहिलो क्वार्टरमा ४०–७ को फराकिलो अग्रता बनाएको भारतले दोस्रो क्वार्टरमा २०–२१ ले पछि प¥यो । भारतले तेस्रोमा ४१–१० र चौथोमा ३०–१२ को स्कोर बनाउँदै प्रतियोगिताको उपाधि जित्यो । भारत ८ अंकका साथ पहिलो भएको हो ।
उपाधिसंगै भारतले अक्टोबरमा मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा स्थान पक्का गरेको छ । बंगलादेश ७ अंकका साथ दोस्रो, भुटान ५ अंकका साथ चौथो र माल्दिभ्स ४ अंकका साथ पाँचौं भए । माल्दिभ्सले अंक जोड्न सकेन ।

 

प्रकाशित: २५ भाद्र २०७४ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App