१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ –  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। 

पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावीप्रचार सभालाई सम्बोधन गर्नेछन्। 

सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्नुहुने तालिका छ। उनले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नाका साथै कार्यकर्तासँग भेटी अपराह्न १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ। 

भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सर्लाहीको मलंगवामा अपराह्न १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नेछन्। भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवा सोही दिन काठमाडौंँ फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: २५ भाद्र २०७४ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App