७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनए जापानका पदाधिकारीले शपथ लिए

टोकियो— गैरआवासीय नेपाली संघ जापानले पूर्णता पाएको छ। एनआरएनए जापानको २०१७/१९ कार्यकालका लागि आईतबार टोकियोमा नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि एनआरएनए जापानले पूर्णता पाएको हो।

यही सेप्टेम्बर ३ मा सम्पन्न निर्वाचनमार्फत् निर्वाचित पदाधिकारी र त्यसअघि सर्वसम्मतमा चयन भएका प्रतिनिधिहरुलाई एनआरएनएका क्षेत्रीय संयोजक किरण विक्रम थापाले सपथ ग्रहण गराएका हुन्। समारोहमा एनआरएनए आइसीसी सदस्य भुषण घिमिरे, आइसीसी सदस्य तथा निर्वाचन आयुक्त ओम गुरुङ, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, निर्वाचन कमिटीका सदस्य भुपालमान श्रेष्ठ, पुष्कर जंग थापा लगायतको उपस्थिति रहेको थियो।

एनआरएनए जापानको टोकियोमा गत अगस्ट १३ तारिख सम्पन्न भएको अधिवेशनबाट टाशी लामा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका थिए।

प्रकाशित: २५ भाद्र २०७४ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App