८ वैशाख २०८१ शनिबार
खेल

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

स्यानियाेलविरूद्ध खेलमा शनिबार गाेल गरेपछि बार्सिलाेनाका लियाेनल मेसी । तस्बिर : एपी

बार्सिलाना – अगस्टमा निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

लियोनल मेसीको ह्याट्रिकप्रेरित बार्सिलोनाले स्पानियोलमाथि ५–० को विजय हासिल गर्‍यो । यससँगै ला लिगामा पहिलो तीन खेल्ने बार्सिलोना एक मात्र टोली बनेको छ । लगातार दुई बराबरी खेलेपछि ४ अंक गुमाएको चिर प्रतिद्वन्द्वी रियाल मड्रिड लिगको छैटौं स्थानमा रहेको छ।

नचाहँदा नचाहँदै नेइमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) पठाउनु परेको बार्सिलोनाले स्पेनिस सुपर कपमा रियाललाई समग्रमा ५–१ को नतिजा सुम्पिएको थियो । सिजनको सुखद सुरुआत गर्न नसके पनि नयाँ प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले खेलाडीलाई लिगमा केन्द्रित गराएका छन् । फलस्वरूप मेसीले बार्सिलोनालाई शीर्ष स्थानमा राख्न ५ गोल गरिसकेका छन्।

‘हामी सिजनको सुरुआती चरणमा छौं । त्यसैले अहिलेको यो अंकभिन्नताले खास फरक पार्दैन, तर यसले आगामी दिनमा राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ,’ प्रशिक्षक भाल्भार्डेले भने।

नेइमारलाई गुमाएपछि अनुबन्धित गरेका नयाँ खेलाडीका लागि पनि बार्सिलोनाको डेब्यु सुखद बन्यो । फ्रान्सका फरवार्ड औसामाने डेम्बेलेले दोस्रो हाफमा जेरार्ड डेउलोफलाई प्रतिस्थापन गरेका थिए । बार्सिलोनाले आशा गरेजस्तै २० वर्षे डेम्बेलेले दायाँ भागबाट प्रभावशाली प्रदर्शन गरे । उनकै लामो पासलाई लुइस स्वारेजले गोलमा परिणत गरेका थिए । डेम्बेलेलाई बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १३ करोड ५५ लाख पाउन्डमा अनुबन्धित गरेको हो ।
‘डेम्बेलेले क्षमताअनुसारको प्रदर्शन गरेका छन्,’ बार्सिलोनाका प्रशिक्षक भाल्भार्डेले भने, ‘उनीबाट हामीले ठूलो आशा गरेका छौं।’

बार्सिलोनाका लागि जेरार्ड पिकेले पनि गोल गरे । बार्सिलोनाले अब मंगलरबाट च्याम्पियन्स लिग खेलमा युभेन्ट्सलाई घरमा निम्त्याउनेछ।

एटलेटिको मड्रिडले भ्यालेन्सियासँग गोलरहित बराबरी खेल्दा सेभियाले इबरमाथि ३–० विजय हासिल ग¥यो । बुधबार च्याम्पियन्स लिगमा लिभरपुलसँग प्रतिस्पर्धा गर्ने सेभियालाई पाउलो गान्सोले ४६औं मिनेटमा अग्रता दिएका थिए । विससम बेन एडरले ७६औं मिनेटमा अग्रता दोब्बर बनाउँदा नोलिटोले इन्जुरी समयमा तेस्रो गोल थपे । तर, इभान एलेजोको चोटले सेभियालाई चिन्तित बनाएको छ। 

सिजनको सुखद सुरुआत गर्न नसके पनि नयाँ प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले खेलाडीलाई लिगमा केन्द्रित गराएका छन् । फलस्वरूप मेसीले बार्सिलोनालाई शीर्ष स्थानमा राख्न ५ गोल गरिसकेका छन्।

प्रकाशित: २६ भाद्र २०७४ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App