८ वैशाख २०८१ शनिबार
समाज

जुवाडे छुटाउन नेताहरुको लर्को

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखमा पक्राउ गरेर ल्याएका जुवाडे छुटाउन राजनीतिक दलकहरुको लर्को लगेको छ । उनीहरुले बिहीबार बिहानैदेखि प्रहरी कार्यालयमा जुवाडे छुटाउन दवाव दिन गएका हुन्। आफ्ना पार्टीका गाँउ स्तरीय नेताहरु जुवाखालबाट पक्राउ परेपछि छुटाउनका लागि पाटीका नेताहरुको दवाव बढेको हो ।
 
नौमुले बजारबाट पक्राउ गरेर ल्याएका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई नसक्दै छुटाउन जिल्लाका प्रमुख दलका प्रमुख नेतादेखि जिल्ला, गाँउ तहसम्मका नेताहरु प्रहरीमा लर्को लागेका हुन्। काँग्रेस, एमालेका नेताहरु आफ्ना पार्टीका जुवाडेहरुलाई छुटाउन प्रहरीमा धाएका हुन् । बुधबार नौमुलेबजार स्थित शशी पुरीको घरबाट १ लाख १ हजार १ सय ५० रुपैयाँसहित जुवाखालबाट ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरीले ल्याएका थिए।

पक्राउ पर्नेहरुमा शशिलाल पुरी,  कर्णबहादुर खत्री, भविराम बुढा, रत्नबहादुर खत्री र लक्ष्मीराम सिजाली रहेका छन्। उनीहरुलाई नेताको दववाका विच जिल्ला प्रहरी कार्यालयले जुवा ऐन २०२० को दफा ३ बमोजिम मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। दफा ३ मा जुवा खेल्ने, खेलाउने र हेर्ने सवैलाई मुद्दा चल्नेछ। पक्राउ पर्नेहरुमा गाविसका काँग्रेस एमालेका प्रमुखदेखी गाँउस्तरिय नेताहरु हुन्।

‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ दैलेख प्रहरी प्रवक्ता भुवनेश्वरप्रसाद साहले भने, ‘जुवाडे छोड्न दवाव आएपनि अनुसन्धान सकेसगै मुद्दा जिल्ला अदालतमा दर्ता हुन्छ।’ उनीहरु पक्राउ परेसंगै छुटाउनका लागि नेताहरुको दवाव पारिएको  स्थानीयहरु बताउँछन्। नौमुलेमा एक सातादेखि लाखौंको जुवा चलेको सुर्इंको प्रहरीले पाएपछि जुवाखालबाटै उनीहरुलाई पक्राउ गरिएको हो।

नौमुलेमा हप्ता दिनसम्म चलेको जुवामा एकै पटक ५  लाखसम्मको जुवा बाजी थापिएको स्थानीयले बताएका छन्। प्रहरीले जुवाडेहरुलाई पक्रन विशेष अप्रेशन चलाउने तयारी भैरहेको डिएसपी वीरबहादुर ओलीले बताए। दैलेखबजारका धेरै ठाँउमा जुवा अखडा रहेका छन्। ती अखडा गोप्य सुरक्षित हुँदा प्रहरी पुग्न सकेको छैन्। दलका नेताहरुले आफू छुटाउन नभई गाँउका नेताहरु पक्राउ परेकाले भेट्न गएको प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित: १३ श्रावण २०७३ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App