'नाइन-इलेभेन'को त्रासदिपछि फेरिएको आतंकवाद

सोमबार, २६ भदौ २०७४, ११ : ५६ नारायण अधिकारी


न्युयोर्कका लागि हरेक दिनको उदय उस्तैगरी हुन्थ्यो— व्यस्थता र भीडभाडको तयारी गर्दै। तर २००१ सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका लागि एउटा नयाँ त्रास बनेर उदायो। अमेरिकी इतिहासमा यस्तो घटना यसअघि कहिलै भएको थिएन। न विश्व इतिहासमै त्यस्तो कुनै उदाहरण दर्ज भएको थियो। १६ वर्ष अगाडि आजकै दिन अर्थात् सेप्टेम्बर ११ को दिन बिहान ८ः४६ बजे अमेरिकन एयरलाइन्सको फ्लाइट नं. ११ जहाज अपहरणमा पार्यो। त्यो जहाज न्युयोर्कको ट्विन्स टावरको उत्तरपट्टि गएर बज्रियो। ५ आतंककारीले मानव सभ्यताको इतिहासमै एउटा कालो इतिहास कोर्ने काम गरे। जहाजमा सवार सबै ८८ जना यात्रुले ज्यान गुमाए। 

चौथो जहाज युनाइटेड एयरलाइन्सको फ्लाइट नं. ९३ थियो। अपहरणकारीले त्यसलाई नियन्त्रणमा लिई ह्वाइट हाउसलाई निसाना बनाइरहेका थिए। आतंककारीसँग यात्रुले प्रतिकार गरेपछि सो जहाज करिब १० बजे पेन्सिलभेनियाको स्टोनीक्रिक सहरमा गएर दुर्घटनाग्रस्त भयो। यी चार दुर्घटनामा झन्डै ४ हजार मान्छेले ज्यान गुमाए। 

पहिलो जहाज टावरमा ठोक्किएको १२ मिनेटपछि न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर नजिकै अर्को जहाज आइपुग्यो। युनाइटेड एयरलाइन्सको सो जहाजले पहिलोले जस्तै टावरमा ठक्कर दिन थाल्यो। अपहरणमा परेको सो फ्लाइट नं. १७५ जहाजमा आतंककारी र यात्रुगरी ६५ जना सवार थिए। सिएनएनसहित ग्लोबल टेलिभिजन च्यालनहरुले यी दृश्य प्रत्यक्ष प्रसारण गर्दै अमेरिकामाथि भइरहेको आतंककारी हमलालाई विश्वव्यापी बनाइदिए। ११० तले भवन खरानी हुन १ घन्टा ४२ मिनेट मात्र काफी भयो। त्यति नै बेला थप दुई जहाज अपहरणमा परे। ती दुवै अमेरिकन र युनाइटेड एयरलाइन्सकै जहाजहरु थिए ।

करिब ९ बजेर ३७ मिनेटमा अमेरिकी एयरलाइन्सको फ्लाइट नं.७७ अमेरिकी रक्षा मुख्यालयमा दुर्घटनाग्रस्त भयो। ४० मिनेटभित्र अमेरिकी सामु आएको यो तेस्रो विपत्ति थियो। जहाज दुर्घटना पर्दा पेन्टागनको पश्चिमतर्फ भवन क्षतिग्रस्त हुनपुग्यो। अमेरिकी रक्षा मन्त्रालयको एउटा प्रतिवेदनअनुसार अपहरणमा परेको चौथो जहाज युनाइटेड एयरलाइन्सको फ्लाइट नं. ९३ थियो। अपहरणकारीले त्यसलाई नियन्त्रणमा लिई ह्वाइट हाउसलाई निसाना बनाइरहेका थिए। आतंककारीसँग यात्रुले प्रतिकार गरेपछि सो जहाज करिब १० बजे पेन्सिलभेनियाको स्टोनीक्रिक सहरमा गएर दुर्घटनाग्रस्त भयो। यी चार दुर्घटनामा झन्डै ४ हजार मान्छेले ज्यान गुमाए। 

आधुनिक अमेरिकाले सामना गरेको यो सबैभन्दा ठूलो आतंककारी आक्रमण थियो। यसलाई सुरक्षा अध्ययनमा नाइन इलेभेन भनेर पनि बुझिन्छ। यसका मुख्य योजनाकार ओसामा विन लादेन र उनको आतंकवादी संगठन अलकायदा थियो। लादेनको यो अमानवीय कार्यप्रति विश्व स्तब्ध भयो। यसपछि अमेरिकाले आतंकवादविरुद्ध युद्धको घोषणा गर्यो। अफगानिस्तानसहितका क्षेत्रमा सैन्य कारवाही सुरु भयो।

अमेरिकाविरुद्ध जाइलागेका बिन लादेनको तेज नाइन इलेभेनपछि आक्रमक सैन्य कारवाहीपछि विस्तारै हराउँदै गयो। अमेरिकाले बारम्बार पाकिस्तानीविरुद्ध बिन लादेनलाई संरक्षण दिएको आरोप लगारह्यो। पाकिस्तानले सधैँ यो आरोपको खण्डन गर्यो। अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा उनले आश्रय लिइरहेको सिआइएको निष्कर्ष थियो। सन् २०११ मे २ मा पाकिस्तानको अबाट्टावादमा राष्ट्रपति बाराक ओबामाको निर्देशनमा अमेरिकी फौजले अपरेसन नेप्चुन स्पेयर नाम गरेको आक्रमण गर्यो। पाकिस्तानी भूभागमा अमेरिकी सेनाले गरेको अपरेसन नेप्चुनमा बिन लादेन मारिए। नाइन इलेभेन र यो घटनामा के समानता थियो भने ट्विन्स टावर ढल्दै गरेको र बिन लादेन मारिँदै गरेको दुवै दृश्य अमेरिकी राष्ट्रपतिले प्रत्यक्ष प्रसारणबाट हेरेको थिए। 

मानवीय दृष्टिले नाइन इलेभेनलाई जति ठूलो घटना ठानिन्छ त्यतिकै यसको महत्व विश्व प्रतिआतंकवादका दृष्टिले पनि छ। सन् १९८० मा आईरिस फेनिनाजलाई रोक्न बेलायतले पहिलो पटक प्रतिआतंकवाद युनिटको स्थापना गरेको थियो। नाइन इलेभेनपछि अमेरिकाले लागू गरेको प्रतिआतंकवादको नीति विश्वभर फैलियो। अर्थात् प्रतिआतंकवाद कानुन निर्माणमा युरोप, एशिया र अफ्रिका महादेश सबैजसो मुलुकहरु अग्रसर भएका छन्। प्रतिआतंकवादको लडाइँमा नीतिगत तहबाट नेपालजस्ता शान्त मुलुकहरु समेत समाहित हुन पुग्नु नाइन इलेभेनकै प्रभाव हो। सुरक्षा निकायमा प्रतिआतंकवाद सेल, सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ ऐन आतंकवादलाई ध्यानमा राखेर आएका परिर्वतनहरु हुन्।

पाकिस्तानी भूभागमा अमेरिकी सेनाले गरेको अपरेसन नेप्चुनमा बिन लादेन मारिए। नाइन इलेभेन र यो घटनामा के समानता थियो भने ट्विन्स टावर ढल्दै गरेको र बिन लादेन मारिँदै गरेको दुवै दृश्य अमेरिकी राष्ट्रपतिले प्रत्यक्ष प्रसारणबाट हेरेको थिए।

आतकंको इतिहास

मानव समाजको युग परिवर्तन भएजस्तै आतंकवादको इतिहास पनि फरक कालखण्डमा फरक–फरक किसिमको देखिन्छ। इतिहासमा कुनै न कुनै किसिमका आतंकका घटनाहरु भएकै देखिन्छ । फरक यति हो अहिले र पहिले हुने घटना प्रकृति फरक छन् । आतंकको अर्थ डर त्रास फैलाउनु हो। चाहे राज्यविरुद्घ होस् वा गैर राज्यद्वारा होस् आतंकले आम नागरिकलाई त्रास सिर्जना गर्दछ। परापूर्व कालमा कुलिनहरु राजनैतिक नेता अथवा धर्मका मानिस प्रतिसोध अथवा आधिपत्य जमाउन गैरकानुनी घटना गराउथेँ। उदाहरणको लागि खाडीमा ११ औं शताब्दीतिर गठबन्धन गरेर अपराधिक क्रियाकलाप गर्ने राज्यपाल, सैनिक, सरकारका उच्च व्यक्तिहरुका अगुवाहरु मारिएका थिए। 

सन् १८७० देखि सन् १८८० सम्म उत्तर आधुनिक आतंकवादको चित्रण अराजकतावादी विचारबाट सञ्चालित भई प्रचार गरियो। यो समयमा ‘प्रोपोगान्डा अफ द डिड र्फम द फेन्च प्रोपोगान्डा पार ला फेट’ आतंकवाद को केन्द्रमा थियो।  १९ औं र २० औं शताब्दीमा अटोमन शासनको लागि टर्कीमा इर्टरनल म्यासीडोनियन रिभोलिसन ग्रुपले गरेको कार्य पनि आतंक नै थियो। 

समय क्रमसँगै आतंकको धार र स्वरुपहरु पनि परिवर्तन हुँदै गएका छन्। समग्रमा हेर्दा आतंकवादका चारवटा प्रमुख धारहरु छन्। सन् १८८० को धार अराजकतावदी धार थियो। सन् १९२० तिर उपनिवेशविरुद्ध लहर चल्यो पछि जुन धारलाई न्यु लेफ्ट वेभले पछ्यायो। सन् १९६० मा रेड टेरोरिजम शुरु भयो। सन् १८९० तिर आतंकवाद को स्वर्णिम युग मानिन्छ जुन बेला कुख्यात रसियन सङगठन नरोदया भोल्याले धेरै मान्छे मारेका थिए। सन् १९७९ मा धार्मिक आतंकको लहर चल्यो। यो समयमा इरानमा मा इस्लामिक रिभुलोसन भयो भने सोभियत युनियन ले अफगानिस्तान कब्जा जमायो।  

सेप्टेम्बर ११ पछिको युग

आतंकवाद अहिले सेप्टेम्बर ११, २००१ पछिको युग मा छ। अमेरिका हमलापछि अमेरिकाले विश्व समुदायमा सहकार्यको गठबन्धन बलियो बनाउँदै आतंकवाद विरुद्ध लड्ने वातावरण तयार पार्दै लगेको देखिन्छ। अमेरिका र उसलाई साथ दिने धेरै राष्ट्रहरु रक्षात्मक मात्र नभई आक्रामक रुपमा आतंकवादविरुद्ध अघि बढिरहेका छन्। अमेरिकामाथि हमला पछि संसारमा आतंक त्रास धेरै बढेर गयो। त्यसमध्ये कारण एक सामाजिक संजाल र  विश्व संचार माध्यम पनि थियो। आतंककारीहरुले त्रास फैलाउन विभिन्न वेबसाइट तथा भिडियोहरु प्रसारण गरे जसबाट मानिसहरु झनै आतंकित बन्दै गए। 

बिगत केही वर्षमा आतकंकारीहरुले आक्रमण गर्ने रणनीति फेर्दै लगेको देखिन्छ। खासगरी उनीहरु अघातक हतियारहरुको प्रयोग गरेर धेरै भन्दा धेरै मानिस को क्षति पुर्याउने रणनीतिअनुसार जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत र अमेरिका लगायतका विभिन्न देशहरुलाई निशाना बनाइरहेका छन्। घरेलु हतियार, कार, ठुला ट्रकहरु मानिहरुको भिडमा ठोक्कायर नरसंहार गर्न थालेको देखिन्छ। उदाहरणको रुपमा सन् २०१७ जुनको पहिलो हप्ता लन्डन ब्रिजमा भएको हमला, सन् २०१६ को १४ जुलाई को राति फ्रान्सको निस मा भएको आक्रमण एकै प्रकृतिको घटना थिए। जहाँ आतंककारीहरुले ठूलो ट्रक लगेर मानिसहरुको भिडमा जोतेका थिए। बन्दुक र विस्फोटक पर्दाथहरु एक ठाउँबाट अर्को ठाँउ ओसारपसार गर्दा सुरक्षाकर्मी छल्न गाह्रो पर्ने हुँदा घरेलु र अघातक हतियारको प्रयोग बढ्दो छ। युरोपमा जिहादी र आईएसआईले आतंकवादी क्रियाकलाप गरिरहेको छ भने बिन लादेनको हत्यापछि अल कायदा निस्क्रिय जस्तै छ।  

आतंकवाद र नेपाल

दक्षिण एसियामामा भूराजनीति, छिमेकीबीच सीमा विवादलगायत अन्य धेरै विषयमा मतभेद र तिक्तकता छन्। विश्वका लागि चुनौती बनिरहेका धेरै आतंकवादी समूहहरुको केन्द्र दक्षिण एशिया नै हो। तर नेपाल अन्तर्राष्ट्रिय आतंकवादबाट अहिलेसम्म छिटफुटबाहेक प्रभावित छैन। आतंकवादीहरुले नेपाल आधारित भएर घटना गराउन गरेका प्रयास धेरै पटक असफल पारिएका पनि छन्। सन् १९९९ डिसेम्बर २४ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको फ्लाइट नं. ८१४ एयरबस ए ३०० बी टु अपहरणमा पार्यो। अपहरणकारी हर्कत इन मुजाहिद्दिनले भारतीय जेलमा रहेका आफ्ना साथी छुटाउन विमान अपहरण गरेका थिए। दक्षिणी छिमेकी भारत पहिले देखि नै आतंकवादी निशानामा परिरहेको छ। भारतसँग खुला सिमाना रहेकोले आतंकवादीप्रति चनाखो हुनुपर्ने आवश्यकता नेपालको पनि हो। 

पछिल्लो समय सुरक्षा चुनौती सामना गरिरहेका धेरै देशहरुले ईन्टेलिजेन्समाथि धेरै ठूलो लगानी गरेर आधुनिकीकरण गर्दैछन्। प्रतिआतंकवाद विभाग, आन्तरिक तथा बाह्य खुफिया संगठनहरुमा देशहरुले लगानी बढाइरहेका छन्। नेपालको एक मात्र गुप्तचर सङगठन राष्ट्रिय अनुसन्धान विभाग हो। राअवि अलवा सैनिक गुप्तचर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पनि आ–आफ्नै गुप्तचर छन्। तर ती कुनै गुप्तचर अंगसँग पनि प्रतिआतंकवाद विभाग छैन। नेपालमा राष्ट्रिय अनुसन्धान विभाग अन्र्तगत बाह्य जासुसी र काउन्टर टेरोरिजम हेर्ने विभाग स्थापना अबको खाँचो हो।

(अधिकारी चीनकाे रेनमिन युनिभर्सिटी अफ चाइनाको इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिजका रिसर्च फेलो हुन्)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)...

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल...

मैथिलीमा ‘राज्जा रानी’

मैथिलीमा ‘राज्जा रानी’

दाइजो प्रथाको विषयलाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुने भएको छ। आगामी पुस २१ गतेबाट देशैभर...

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...