१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्याकाे राष्ट्रपति निर्वाचन अक्टोबर १७ मा

केन्या– केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने गरी नयाँ निर्वाचनको तालिका तय भएको छ । गत  अगस्ट ८ मा भएको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा गर्दै पुन निर्वाचन गराउने फैसला केन्याको अदालतले गरेको थियो।

६० दिन भित्र नै अर्काे राष्ट्रपति निर्वाचन गराउने निर्णय सहित अदालतले पहिलेको  चुनावको नतिजा खारेज गरेको हो।

६ न्यायाधीसहरू मध्ये ४ न्यायाधीसको टोलीले  निर्वाचन धाँधलीपूर्ण भएको र त्यहाँको निर्वाचन आयोगले संवैधानिक रूपमा निर्वाचन नगराएको निश्कर्ष निकालेको थियो । 

निर्वाचनमा  राष्ट्रपति पदका आकांक्षी उहुरू केन्याटा प्रतिद्वन्द्वी भन्दा १४ लाख मतान्तरले विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

निर्वाचन धाँधलीपूर्ण भएको भन्दै प्रतिपक्षका नेता राइला ओडिंगाको गठबन्धनले उक्त निर्वाचन परिणामको बदर गर्ने माग गर्दै अदालतमा मुद्दा जाहेर गरेको थियो । 

अदालतले पुन निर्वाचन गराउने फैसला गरे पश्चात् केन्याका जनताहरूले निर्वाचन आयोगका केही प्रतिनिधिहरूले आफूहरूमाथि अपराध गरेकाले उनीहरू माथि कारबाहीको माग राखेका थिए । 

अफ्रिकी मुलुक केन्याको राष्ट्रपतिको चुनावमा जातीयतालाई एक प्रमुख विषयको रूपमा लिइन्छ । 

प्रकाशित: २६ भाद्र २०७४ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App