१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

नेपाली टोली यू–१९ टोली थाइल्यान्डविरुद्ध रणनीति बनाउँदै। तस्विरः कमल खत्री

मलेसिया —एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।

मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो। टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो।

मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो। टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो।

नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे। प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए। सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए।

नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो। कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटानविरुद्ध खेल्नेछ। नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन्।

प्रकाशित: २६ भाद्र २०७४ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App