लण्डन—गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए। त्रिपक्षीय प्रतिपर्धामा अध्यक्षका प्रत्यासीद्वय कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरका थिए।
संघको उपाध्यक्षमा पुनम गुरुङले १ हजार ६११ मत, शेरबहादुर सुनार १४३३ मत, डा.प्रेमबहादुर आले १२६८ मत, सुशीला राई १ हजार २०९ मत, ललितकुमार न्यौपाने १ हजार १०८ मत र प्रेम गाहामगरले १ हजार ४९ मत ल्याएर निर्वाचित भए। यसै गरी महासचिवमा राजकुमार त्रिपाठीले १ हजार ४० मत प्राप्त गर्दै बिजयी भए। महासचिवकै प्रतिद्वन्द्वीहरु फडिन्द्र भट्टराईले ८२७ मत र खुशी लिम्बुले ६८२ मत ल्याएका थिए।
उपमहासचिवको कडा प्रतिस्पर्धामा विनय अधिकारीले विजय भए उनले कृष्ण तिवारीलाई पराजित गरेका हुन्।
सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल गाउँले र सुरज मास्के विजयी भएका छन्। कोषाध्यक्षमा सचिन श्रेष्ठ र सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ विजयी भए। युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए।
सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भएका छन्।
आईसीसी सदस्यमा शान्ति थापा कुँवर, जयप्रकाश गुरुङ र कुमारी गुरुङ विजयी भए। नवनिर्वाचित पदाधिकारीहरुलाई आइतवार अल्डरशटमा आयोजित एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका केन्द्रिय प्रतिनिधि तथा यूरोप संयोजक कुल आचार्यले प्रमाणपत्र प्रदान गरेका थिए।
प्रकाशित: २६ भाद्र २०७४ ०८:४७ सोमबार