६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरा ट्रेड मलको नगद वर्षा योजनामा २६ जना विजेता

पोखरा- पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार उत्सव –२०७४, नगद वर्षा योजना  अन्तर्गत साप्ताहिक उपहार लक्की–ड्र मा २६ जना ग्राहकले विभिन्न उपहार जितेका छन्।

आफ्ना  नियमित ग्राहक र नयाँ ग्राहकलाई आकर्षित गर्नको लागि विगतमा झै यस वर्ष पनि मलले नगद वर्षा योजना संचालनमा ल्याएको हो मलका अध्यक्ष मिनराज काफ्लेले बताए। भाद्र १५ गते लागु भएको यस योजना अन्तर्गत मल भित्र रु १ हजार भन्दा बढि सपिङ गर्ने ग्राहकको लागि १ वटा निशुल्क उपहार कुपन प्रदान गरिएको थियो भने योजना अवधि भरमा ग्राहकले बम्पर र साप्ताहिक गरि रु ५ लाख सम्मको नगद तथा सपिङ भौचर जित्न सक्नेछन्।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा चर्चित हस्यकलाकार दिपक थापा को कमेडि प्रहसन, मेडेल नृत्यकार जमुना देवकोटा र हिमाली सांस्कृतीक परिवारले विभिन्न नृत्य प्रस्तुती दिएका थिए ।

कार्यक्रम पोखरा लेखनाथ महानगर पालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर वास्तोलाको प्रमुख आतित्थतामा भएको थियो।

प्रकाशित: २६ भाद्र २०७४ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App