खड्कालाई कारबाही गर्न निगम सञ्चालक समितिको सिफारिस्, अबको बल मन्त्रीको कोर्टमा

मङ्गलबार, २७ भदौ २०७४, १० : १६ दिलिप पौडेल


काठमाडौं- करिब डेढ अर्ब रुपैयाँ घोटालाका आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आयल निगम सञ्चालक समितिले सैद्धान्तिक निर्णय गरेको छ। निगमको इन्धन भण्डारण गर्न चितवन, रुपन्देही, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा घोटला गरेको खड्कालाई राखिरहँदा निगमलाई थप क्षति पुग्ने निष्कर्ष निकाल्दै कारबाहीको लागि आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्ने सहमति गरेको हो।

स्रोतका अनुसार खड्कालाई कारबाही गर्न सिफारिस गरेर देवकोटा बुधबार एक कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेका छन्।

एक साताअघि मात्र सरुवा भएर आएका आपूर्ति सचिवसमेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा यस्तो निष्कर्षमा पुगेका हुन्। स्रोतका अनुसार खड्कालाई कारबाही गर्न सिफारिस गरेर देवकोटा बुधबार एक कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेका छन्।

सोमबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा प्रचलित ऐन कानुन मिचेर निगमलाई चर्को व्ययभार पर्नेगरी चार गुणा महँगो जग्गा खरिद गरेर अनियमितता गरेको ठहरसहित प्रतिवेदन पास गरेको थियो।

सञ्चालक समितिको निर्णय र संसदीय समितिले खड्कालाई कारबाही गर्नुपर्ने निष्कर्षमा पुगेपछि अबको जिम्मेवारी आपूर्तिमन्त्री मण्डलको काँधमा आएको छ। मन्त्री मण्डलले संसदीय समितिको प्रतिवेदनको आधारमा थप निर्णय लिने बताउँदै आएका थिए।

सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै करिब एक महिना अगाडि कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  आपूर्ति मन्त्रालयलाई सिफारिस गरिसकेको छ।

मन्त्री मण्डलले कारबाहीको लागि अग्रसरता नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ। स्रोतका मन्त्री मण्डल पनि कारबीको मुडमा पुगेका छन्। सम्भवतः मण्डलले छिट्टै कारबाहीको सिफारिस् मन्त्रिपरिषद्मा लैजाने स्रोतको दाबी छ।

ह्‌यासट्याग:






यसमा तपाईको मत

सम्बन्धित समाचार


अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। ...

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए।...

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...