coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘पर्यटनबाट अपेक्षित लाभ लिन सकिएन’

काठमाडौं- पर्यटन विकास र प्रवर्द्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिए पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको गुनासो पर्यटन क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरूको छ । भूकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको विश्लेषण उनीहरुको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफलमा उद्यमी व्यवसायीले तीन वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महŒवका सम्पदा आजसम्म पनि टेकोकै भरमा रहनु दुःखद भएको बताए ।
सडक लगायत पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण नया“ पर्यटकीय गन्तव्यहरूको विकास हुन नसक्नु, नेपाल आउन चाहने पर्यटकका लागि आवश्यक अन्तराष्ट्रिय विमानस्थलको अभाव तथा हवाई सञ्जालको कमी हुनु, भएका पर्यटकीय क्षेत्रहरु पनि रेखदेखको अभावमा जीर्ण बन्दै जानु लगायत कारणबाट पर्याप्त सम्भावना हु“दाहु“दै पनि पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको धारणा व्यवसायीहरूले राखेका थिए ।
पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि चाहने हो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनु पर्ने व्यवसायीहरुको भनाइ छ । उनीहरुले गौतम वुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने, टिआइएलाई चौविसै घन्टा सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । अन्य विमानस्थलहरूको क्षमता विस्तार गर्दै राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्ने र पर्यटकीय महŒवका पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य तीव्रताका साथ सम्पन्न गर्नुपर्ने सहभागीहरुले बताए । वक्ताहरुले नेपाल–भारत सीमा क्षेत्रमा पर्यटक माथि गरिने व्यवहारमा परिवर्तन गरिनुपर्ने, भारतीय पाँच सय र हजार दरका नोटको समस्या समाधान गरी भारतीय दुई हजार दरका नोट चलनचल्तिमा ल्याउन पहल हुनुपर्नेमा जोड दिए । त्यस्तै साना ठूला सबै स्तरका होटलहरूलाई राज्यले गर्ने व्यवहार समान हुनुपर्ने, प्रमुख पर्यटकीय क्षेत्रमा सडक, खानेपानी, शौचालयको उचित प्रवन्ध गर्नुपर्ने सुझाव व्यवसायीहरूले दिएका थिए ।  
यसैगरी नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा नियमित प्रचार प्रसार गरिनुपर्ने, विभिन्न देशमा कार्यरत नेपाली कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीलाई मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी रुपमा परिचालन गरिनुपर्ने उनीहरुको सुझाव छ । उनीहरुले नेपालमा माइस पर्यटनको निकै धेरै सम्भाव्यता रहेकाले यसको प्रचार प्रसारमा सरकारले विशेष रणनीति अख्तियार गर्नुपर्ने बताए । नेपाल आउने पर्यटकलाई बहुप्रवेशाज्ञा लगाउने व्यवस्था गरिनुपर्ने लगायत सुझावहरू उनीहरूले राखेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नीतिगत सुधारसहित महŒवपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडि बढाइसकेको जानकारी गराए । उनले पर्यटन क्षेत्रको विकासका लागि नेतृत्व लिन निजी क्षेत्रलाई आग्रह गरे ।
पर्यटन क्षेत्रको समुचित विकासका लागि अन्य मन्त्रालयस“ग समेत समन्वय गरी कार्य गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री देवले पर्यटन क्षेत्रको विकासका लागि तत्काल के के गर्न आवश्यक छ संस्थागत रुपमा सुझाव दिन महासंघस“ग आग्रह गरे ।
महासंंघका अध्यक्ष भवानी राणाले मुलुक बिस्तारै अगाडि बढ्ने आशा पलाइरहेको अवस्थामा समृद्धिको मार्गमा लैजान महŒवपूर्ण आधारको रूपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकासका लागि निकै धेरै चुनौती रहेको बताइन् । अत्यन्त कमजोर पूर्वाधार नै पर्यटन विकासको सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै अध्यक्ष राणाले अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाल विस्तारसहित नयाँ नयाँ पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एक–दुईवटा महŒवपूर्ण काममात्र सम्पन्न गर्न सके पनि नेपालको आर्थिक विकास तीव्र रुपमा अगाडि बढ्ने धारणा राखे । धेरै कुराभन्दा पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्यलाई तत्काल अगाडि बढाउन र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सम्पन्न गर्न मन्त्री देवलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष गोल्छाले पर्यटन क्षेत्रलाई निर्वाध अगाडि बढ्ने वातावरण बनाउन सकेमा मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना भई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यता अन्त्य हुने धारणा राखे ।

 

प्रकाशित: २७ भाद्र २०७४ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App