७ वैशाख २०८१ शुक्रबार
कला

रेखा थापाले गरिन् घोडे जात्रा अवलोकन

काठमाडौं–अभिनेत्री रेखा थापा घोँडे जात्राको अवसरमा पशुपति क्षेत्रमा निकालिएको रथ जात्रामा सहभागी भइकी छिन्। शुक्रबार रिलिज हुन लागेको 'रामप्यारी' को प्रवद्धनमा व्यस्त अभिनेत्री थापाले फुर्सद निकालेर जात्रा अवलोकन गरेको बताइन्।

'फिल्मको प्रवद्धनको क्रममा घरबाट निस्किदै गर्दा पशुपति क्षेत्रमा निकालिएको जात्रामा सहभागि भएँ’, उनले नागरिकन्युजसँग भनिन् ‘यसअघि घोडे जात्रामा सहभागी भएको थिइन, रमाइलो लाग्यो।’

ट्याम्पु चालक महिलाहरुको कथामा आधारित 'रामप्यारी' फिल्ममा रेखा थापाबाहेक आभाष अधिकारी र आस्था डिसी लगायतले अभिनय गरेका छन्। रेखा फिल्मस्को ब्यानरका फिल्म निर्माण भएको हो। फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन्।

प्रकाशित: २६ चैत्र २०७२ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App