आज आइफोन ८ आज सार्वजनिक हुँदै

मङ्गलबार, २७ भदौ २०७४, १३ : ३१ नागरिक


क्यालिफोर्निया- विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ।

आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको छ।

आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको आयोजना गर्ने बताएको छ। उक्त समारोहमा आइफोन ८लन्चका लागि एप्पल कम्पनीले प्रेस क्षेत्रलाई समेत निमन्त्रणा दिएको छ।

आइफोन ८ मा भएको विशेष प्रविधिको सहायताले यसबाट मानिसको अनुहारसमेत पहिचान गर्न सकिने छ। उक्त समारोहमा विभिन्न मोडलका अन्य ३ फोनहरूसमेत सार्वजनिक गरिने कार्यक्रमको तय गरिसकिएको छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...

सोलमा सुनिँदै नेपथ्य

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज...

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख...