१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

११ वर्षदेखि फरार अभियुक्त पक्राउ

चौतारा – नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ। 

साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते दस्तखत गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले २०६३ सालमा जाहेरी दिएपछि अदालतले एक वर्ष कैद र रु ५० जरिवाना गर्ने भनी २०६४ साल माघ १५ गते फैसला गरेको थियो। 

त्यसैगरी कीर्ते नागरिकता तथा राहदानी बनाएको आरोपमा जिप्रकाले २०६३ सालमा छुट्टै जाहेरी गरेको थियो । सो मुद्दामा अदालतले ११ महिना कैद तथा रु एक हजार जरिवाना गर्ने भनी २०६४ साल वैशाख १३ गते फैसला गरेको थियो । पाण्डेलाई दुवै मुद्दामा २०७६ साउन २८ गतेसम्म कैद तोकिएको छ । रासस 

प्रकाशित: २८ भाद्र २०७४ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App