७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालको सबैभन्दा अग्लो स्याङबोचे विमानस्थल अलपत्र

सोलुखुम्बु— नेपालकै अग्लो स्थानको बिमानस्थलको नाम पाएको सोलुखुम्बुको स्याङबोचे विमानस्थल १० वर्षदेखि अलपत्र छ। खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा करिब ६० वर्ष पहिले नै निर्माण भई सन्चालनमा आएको थियो। यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अबतरण हुँदैनन्।

विमानस्थल नरहेपछि हवाई मैदान हेलिकोप्टरको उड्ने अवतरण गर्ने काममा प्रयोग भइरहेको छ। खुम्बु क्षेत्रमा आवश्यक खाद्यान्न लगायत अन्य सामाग्रिहरु हेलीकोप्टरमार्फत नै विमानस्थलमा झार्नुपर्ने बाध्यता छ।

यो विमानस्थल समुद्री सतहदेखि ३ हजार ७ मिटर उचाइमा रहेको छ।  स्थानीयले विमानस्थल सुचारु गर्न पटक–पटक माग गरे पनि विमान कम्पनीहरूले उडान भरेका छैनन्।

१० वर्ष पहिले एउटा ईन्जिन भएको हवाई जहाज सन्चालनमा हुँदा स्थानीयले नै विमानस्थल निर्माण गरी सन्चालनमा ल्याएका थिए। स्याङबोचेमा धावनमार्ग छोटो भएकोले त्यहाँ पिलाटस पोर्टर तथा त्यस्तै साना जहाजले उडान भर्न सक्छन्। विमानस्थलमा साना जहाज र पिलाटस पोर्टरले उडान गर्दै आएकामा हाल त्यो पनि बन्द भएको स्थानीय लामाकाजी शेर्पाले बताए। ‘स्याङबोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके लुक्लामा  रहेको तेन्जिङ हिलारी विमानस्थल हुने विमानको चापसमेत घट्नेछ’, उनी भन्छन्।  

यो विमानस्थल समुद्री सतहदेखि ३ हजार ७ मिटर उचाइमा रहेको छ।  स्थानीयले विमानस्थल सुचारु गर्न पटक–पटक माग गरे पनि विमान कम्पनीहरूले उडान भरेका छैनन्। वर्षौंदेखि अलपत्रका कारण विमानस्थल विस्तारै जंगलका रूपमा परिणत हुन थालेको छ। नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको थप निर्माण र सञ्चालनको काम रोकेको छ। 

नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुराम श्रेष्ठले ठूला जहाजका लागि धावनमार्ग छोटो भएकाले अवतरण हुन नसक्ने बताए। उनले भने, ‘धावनमार्गलाई लम्ब्याएमा धावनमार्ग सञ्चालन गर्न सकिन्छ तर त्यो जग्गा सगरमाथा राष्ट्रिय निकुञ्जको पर्नेरहेछ।’ उक्त विमानस्थल सञ्चालन गर्न सके खुम्बु क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने थियो, खुम्जुङका स्थानीय पासाङ छिरिङ शेर्पाको भनाइ छ। ‘कम्तिमा मौसमले साथ दिएका बेला पर्यटक आउ–जाउ गर्न सहज हुने थियो’, उनी भन्छन्। प्राधिकरणले सिंगल इन्जिनका जहाज उडानमा रोक लगाएपछि स्याङबोचे आउने साना जहाज बन्द भएका हुन्। 

नेपालको सबैभन्दा बढी विमानस्थल भएको सोलुखुम्बु जिल्लामा ४ मध्ये २ वटा विमानस्थल बन्द भएका हुन्। जिल्लाको तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी बनाइएको काँगेल बिमानस्थलमा ४ बर्षदेखि जहाज अबतरण भएको छैन। त्यहाँसम्म सडक सुबिधा पुगेपछि यात्रु नपाएको भन्दै बिमानस्थलमा उडान बन्द गरेको बिमान कम्पनीहरुको दाबी छ। 

फाप्लु विमानस्थल र लुक्लाको तेन्जीङ हिलारी विमानस्थल भने सन्चालनमा छन्। काँगेल विमानस्थलमा केही वर्ष अघिसम्म एअरलाइन्सहरुले हप्तामा १–१ दिन उडान तालिका राखेर उडान भर्दै आएका थिए। उडान ठप्प भएपछि अहिले बिमानस्थल गाईभैंसी चर्ने चरणमा परिणत भएको छ। 

 

प्रकाशित: २८ भाद्र २०७४ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App