५ वैशाख २०८१ बुधबार
राजनीति

कोरियाली कम्पनीद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई एक करोड

काठमाडौं—दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गरे। उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे।

उनले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिएका थिए। सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी दिए।

उनले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गरे। जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने जानकारी गराएका थिए।

प्रकाशित: २८ भाद्र २०७४ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App