coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्मचारी आन्दोलनले चरिकोट अस्पतालको सेवा अवरुद्ध

कर्मचारी आन्दोलनका कारण बुधबार सुनसान देखिएको चरिकोट अस्पतालको प्रयोगशाला । तस्विर: रमेश

दोलखा— अस्पताल व्यवस्थापनले जोखिम भत्ता कटौती गरेको भन्दै दोलखाको सदरमुकामस्थित प्रस्तावित चरिकोट अस्पतालका एक्स–रे  प्रयोगशाला सम्वद्ध कर्मचारीले बुधबारबाट सेवा अवरुद्ध पारेका छन्। 

न्याय हेल्थ नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सरकारसँग सम्झौता गरेर चलाएको उक्त अस्पतालका एक्स—रे र ल्याव (प्रयोगशाला) बिभागमा कार्यरत कर्मचारीहरु जोखिम भत्ताको मागसहित सेवा अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन्। 

आन्दोलनरत कर्मचारीहरुका अनुसार डेढ बर्ष अघिबाट शुरु भएको अस्पतालले गत असार मसान्त सम्म प्रयोगशाला र एक्स रे विभागमा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउदै आएको थियो। तर प्रयोगशालाका एक जना कर्मचारी सन्तोष पोखरेलले साउन पहिलो साताबाट व्यवस्थापनले एक्कासि भत्ता कटौती गरिएको सूचना दिएको जानकारी दिए। 

‘हाम्रो स्वास्थ्य नै जोखिममा राखेर एक्स रे र प्रयोगशालामा रातोदिन खटिनुपर्ने कारण सरकारले नै स्वास्थ्य निर्देशिका मार्फत जोखिम भत्ताको व्यवस्था गरेको छ’ उनले भने – ‘डेढ बर्षयता दिदै आएको भत्ता एक्कासी काटौती भएका कारण बाध्य भएर आन्दोलनमा उत्रिएका हौंं।’ 

उनीहरुले बुधबारबाट एक्स रे र प्रयोगशालाका आकस्मिक बाहेक सबै काम ठप्प पारेका छन्। कर्मचारीको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन्। ओपिडी र सामन्य जाँचका लागि अस्पताल पुगेका बिरामी बुधबार बिहानैदेखि अस्पताल पुगेर त्यसै फर्किएका छन्। आफ्ना माग पूरा नभए आन्दोलन थप शसक्त बनाउने पोखरेलले बताए। जोखिम भत्ता बाहेक अस्पताल भित्रका विकृति र विसंगती सुधार गर्न समेत आफुहरुको माग रहेको उनले सुनाए।  

आन्दोलनका कारण देखिएको समस्या सामाधानका लागी पहल भइरहेको अस्पताल सञ्चालन गरिरहेको संस्था न्याय हेल्थका जिल्ला प्रमुख भुषण प्रसाईले जानकारी दिए। ‘उहाँहरुका समस्याबारे माथिल्लो निकायमा जानकारी गराएका छौ’ उनले नागरिकसंग भने – ‘शुरुमा उहाँहरुका समस्याबारे विस्तृत अध्ययन गरेर मात्र निर्णय लिनका लागी ब्यबस्थापनले समय माग्दा माग्दै आन्दोलनमा उत्रिनुभयो।’ उनले समस्या सामाधानका लागी पहल भइरहेको बताए।

 

प्रकाशित: २८ भाद्र २०७४ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App