चार दिनमा खोलाले दुई जना बगायो

बुधबार, २८ भदौ २०७४, १७ : १६ नागरिक


भोजपुर  – पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। 

चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो। 

दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बिहीबार सदरमुकाम नजिकैको छङ्छङ्गे खालाले बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

दुवै मृतकको शव परीक्षण गरी आफन्तको जिम्मासमेत लगाइसकिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए। रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...