coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

काठमाडौं—मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

उनका अनुसार, प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गरिएको हो। आगामी असोज ३० गतेसम्म आफूलाई पायक पर्ने मेगा बैंकका शाखा र नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। 

मेगा बैंकको गत साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश पनि दिने निर्णय गरेको थियो। सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिसकेका छन्। 

हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको मुनाफाबाट वितरणयोग्य रकम समेत गरी मेगा बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ। मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो। 

प्रकाशित: २८ भाद्र २०७४ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App