coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता परिचयपत्र वितरण भोलि

काठमाडौं- निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ । प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता परिचयपत्र बाँडिने आयोगले जनाएको छ । चुनावमा खटिएका कर्मचारीले सम्बन्धित मतदान केन्द्रमा तीन दिनसम्म मतदाता परिचयपत्र बाँड्ने आयोगले जनाएको छ ।
मतदाता परिचयपत्र लिन मतदाता आफंै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । मतदाता आफंै उपस्थित हुन नसके एकाघरका परिवारका सदस्य भएको यकिन गरी दिन सकिनेछ । मतदाता परिचयपत्र वितरण क्रममा निर्वाचन शिक्षा पनि सञ्चालन गरिने आयोगले जनाएको छ ।
आठ जिल्लाका लागि आयोगले दुई हजार एक सय ६६ मतदान स्थल र तीन हजार ५ सय ७८  मतदान केन्द्र तोकेको छ । दुई नम्बर प्रदेशमा करिब २६ लाख ६४ हजार मतदाता छन् ।

 

प्रकाशित: २९ भाद्र २०७४ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App