४ वैशाख २०८१ मंगलबार
राजनीति

समानुपातिकमा फिर्ता लिन समयसीमा


काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट भाग लिन नचाहने राजनीतिक दललाई बिहीबार निवेदन फिर्ता लिने समय दिएको छ ।
आयोगमा ८८ वटा दलले समानुपातिक प्रणालीमा भाग लिन भन्दै निवेदन दिएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ मा हुनेछ । समानुपातिकबाट १ सय १० प्रतिनिधि छनोट हुनेछन् ।
आयोगमा निवेदन दिएका ६ दलबाहेक सबैले सातवटै प्रदेशमा समानुपातिकमा भाग लिने गरी पेश गरेका छन् ।
साना अस्तित्वमा नभएका ६ दलले केही प्रदेशमा भाग लिने गरी निवेदन पेस गरेका छन् । अन्य ८२ दलले सातैवटा प्रदेशमा भाग लिने स्पष्ट पारेका छन् । आयोगले कुन प्रदेशमा भाग लिने भन्ने स्पष्ट पारी निवेदन दिन अनुरोध गरेको थियो ।
आयोगले समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्ने जनाएको छ । दलहरूले असोज २९ मा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।

 

प्रकाशित: २९ भाद्र २०७४ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App