८ वैशाख २०८१ शनिबार
खेल

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ – मलेसियामा बिहीबार भएको एसीसी यू १९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दिएको ६८ रनको लक्ष्यलाई नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । जसमा नेपालका सन्दिप सुनारले २०, अनिलकुमार शाहले १८, अशिफ शेखले ६ रनमा आउट हुँदा अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । 

सिंगापुरका लागि भने सिद्धान्तले २० रन  र रंगाराजनले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

 

प्रकाशित: २९ भाद्र २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App