सप्तरीमा पाँच सय ३२ वटा मुद्दा निःशुल्क

बिहिबार, २९ भदौ २०७४, १५ : ३४ नागरिक


सप्तरी – जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ । 

केन्द्रले गरिब, असहाय, अशक्त, द्वन्द्वपीडित र पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको हो। 

केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३/७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कूल ५३२ मुद्दामा कानूनी सेवा प्रदान गरिएको उल्लेख छ। 

आगामी आवमा लक्षित समुदायलाई अझ बढी समेटिने र यसका लागि व्यापक प्रचारप्रसार र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको केन्द्रका अधिकृत रामप्रसाद गौतमले जानकारी दिए। 

जिल्ला कानूनी सहायता समिति तथा सो केन्द्रद्वारा विहीबार आयोजित कार्यक्रममा केन्द्रको सेवालाई अझ प्रभावकारी बनाइ विस्तार गर्दै जाने बताइएको छ। रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...

सोलमा सुनिँदै नेपथ्य

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज...

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख...