६ वैशाख २०८१ बिहीबार
कला

कंगनालाई प्रियंकाको कटाक्ष

मुम्ब- ऋतिक रोशनसँगै बलिउडका थुप्रै हस्तीलाई एक टेलिभिजन अन्तर्वातामा धज्जी उडाएकी कंगना रनावतलाई धेरैले बढी बोलेको आरोप लगाइरहेका छन् । यही भीडमा प्रियंका चोपडा पनि थपिएकी छिन् । तर, उनले कंगनाको नामै नलिइ कंगनालाई कटाक्ष गरेकी छिन् ।
प्रियंकालाई हालैको एक अन्तर्वातामा पत्रकारले ‘के तपाईं पनि कंगना जस्तै आफूलाई ब्रान्ड बनाउन चाहानुहुन्छ ताकि  बलिउडका हिरोलाई टक्कर दिन सकियोस् ?’ भनेर सोधेका थिए । तर, प्रियंकाले आफूले कहिलै पनि हिरोलाई टक्कर दिने विषयमा नसोचेको जवाफ दिएकी थिइन् ।
उनले आफूले कुनै फिल्म स्कुलमा गएर  अभिनय र निर्माण ज्ञान नलिएकाले फरक फरक निर्माता तथा निर्देशकसँगको काम गराइले नै आफूलाई यो क्षेत्रमा अनुभवी बनाएको बताएकी थिइन् ।
उनले राकेश रोशन, विशाल भारद्धाज, संजयलिला भंसाली र अनुराग बासु जस्ता निर्देशकसँगको काम गराइले नै परिपक्व बनाएको बताइन् । ‘मैंले नै मात्र सबैथोक गर्न पर्छ र मेरो नाममात्र चारैतिर हुनुपर्छ जस्तो लाग्दैन । आफ्नो काममा म इमान्दार छु तर इमान्दारीका नाममा म झगडा गर्न सक्दिन,’उनले अन्तर्वार्ताका क्रममा भनेकी छिन् ।
तर, रमाइलो कुरा के छ भने कुराकानीका क्रममा प्रियंकाले जुन जुन निर्देशकको नाम लिइन् ती सबैलाई कंगनालाई आफ्नो निशाना बनाएकी थिइन् ।

 

प्रकाशित: ३० भाद्र २०७४ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App