८ वैशाख २०८१ शनिबार
अर्थ

चुनौती छन् तर लोडसेडिङ हुन दिँदैनौं : कुलमान

काठमाडौं- निकै प्रफुल्ल मुद्रामा पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब ल्याउने प्रक्रिया स्थगित भए पनि लोडसेडिङ हुन नदिने प्रतिबद्धता दोहो¥याएका छन् ।
गत वर्ष भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो एक वर्षको कार्यकालमा गरेका कामको समीक्षा र भावी योजनाबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा चुनौतीका चाङ भए पनि लोडसेडिङ हुन नदिने अठोट गरे ।
‘एलएडी बल्ब ल्याउने प्रक्रिया हाललाई स्थगित भए पनि लोडसेडिङ हुन दिँदैन,’ उनले भने, ‘मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा तुरुन्तै एलइडी बल्ब खरिद गरेर ल्याउन समस्या भए पनि लोडसेडिङ भने हुँदैन ।’
गत वर्षको हिउँदमा १२ सय मेगावाट बिजुलीको माग भएकोमा आउदो हिउँदमा त्यो बढेर १३ सय मेगावाट पुग्ने जानकारी घिसिङले दिए । निर्माणाधीन स्वदेशी आयोजनबाट बिजुली उत्पादन हुने र भारतबाट थप एक सय मेगावाट बिजुली ल्याएर लोडसेडिङ हुन नदिने जानकारी उनले दिए ।
सुदूरपश्चिमा निर्माणाधीन ३० मेगावाटको चमेलिया आयोजनाको काम दुई महिनामा सम्पन्न भई विद्युत उत्पादन सुरु गर्ने जानकारी घिसिङले दिए । उक्त आयोजनाले सुदुरपश्चिमको माग व्यवस्थापन गर्ने उनको भनाइ थियो ।
यस्तै पूर्वमा कुसाहा–कटौया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारण लाइनबाट थप सय मेगावाट बिजुली आयात हुन सक्ने गरी पूर्वाधार तयार भएको घिसिङले जानकारी दिए ।
कुलेखानी जलाशययुक्त आयोजना हाल सञ्चालनमा छैन । यसमा पानी भर्ने काम भात्र भइहरेको छ । हालसम्म जलसतह एक हजार पाँच सय १९ मिटर पुगेको छ । यो गत वर्षको भन्दा एक मिटर बढी हो । यसले पनि लोडसेडिङ हुन नदिन सहयोग पु¥याउने उनले जानकारी दिए ।
गत वर्षभन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने घिसिङको भनाइ थियो । ‘कार्यकारी निर्देशकको ‘हट चियर’मा बस्दा मेरासामु समस्या र चुनौतीका चाङ थिए भने मुलुकको ऊर्जा क्षेत्र सुधारको अवसर पनि उत्तिकै थियो,’ उनले भने, ‘चुनौतीको पहाड छिचोल्न ऊर्जा क्षेत्रको लामो अनुभव, दृढ इच्छाशक्ति, आत्मविश्वास र इमान्दारीले सफल बनायो ।’
प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जासचिव, कर्मचारी लगायत सम्पूर्ण राजनीतिक तथा प्रशासनिक नेतृŒवले साथ दिएका कारण सफलता हात लागेको उनले बताए । ‘पूर्ण रुपमा ढाडस र सहयोग भयो,’ उनले भने, ‘जसले गर्दा प्राधिकरणको संस्थागत सुधार एवं पुनर्संरचना गर्न प्रोत्साहित र प्रतिबद्ध बनाएको थियो ।’
वर्तमान ऊर्जामन्त्रीको ऊर्जाशील नेतृत्वमा प्राधिकरणको टिम अझ सशक्त भएर अगाडि बढ्न उत्साहित भएको जानकारी उनले दिए । ‘आम नागरिकको हामीप्रतिको विश्वास र सद्भावले हामी थप उत्साहित बनेका छौैं,’ उनले भने, ‘प्रसारण प्रणाली र सबस्टेसनमा ओभरलोड भएकोले क्षमता बढाउने काम भइरहेको छ ।
संकटको बेला माग व्यवस्थापन गरेको र आउँदा दिनमा पनि त्यसै गर्ने उनले बताए । ‘कुनै आयोजनामा समस्या आएर बन्द भए रिजर्भ क्षमता छैन,’ उनले भने, ‘कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी पूर्ण क्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गर्नेछौं ।’
यस्तै, सहरी क्षेत्रमा लोडसेडिङ हुन नदिन हालको वितरण प्रणालीमा सुधार गरी क्षमता बढाउने काम भइरहेको घिसिङले बताए । अझै पनि तीन सय मेगावाट बिजुली अपुग भए पनि माग व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।
गत वर्ष तीन प्रतिशत बिन्दुले बिजुली चुहावट घटाएको घिसिङले जानकारी दिए । ‘२६.७९ प्रतिशतको चुहावट तीन प्रतिशत बिन्दुले घटाएका छौं,’ उनले भने, ‘यो वर्ष पनि चुहावट तीन प्रतिशत बिन्दुले घटाएर २० प्रतिशतमा झार्ने योजनामा छौं ।’
बर्खामा समेत लोडसेडिङ भएको बेला जिम्मेवारी सम्हालेको कहालीलाग्दो यथार्थ घिसिङले प्रस्तुत गरे । ‘मैले जिम्मेवारी सम्हाल्दा बर्खामा समेत ६ देखि आठ घन्टा लोडसेडिङ बेहोर्नुपरेको थियो । हिउँदमा दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो,’ उनले भने, ‘लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा हामी थियौं । घाटामा रहेको प्राधिकरणको ‘ब्यालेन्स सिट’लाई नाफाको देखाउने हाम्रो सपना थियो । ऊर्जा मन्त्रीद्वारा जारी ३७ बुँदे कायक्रममा समेत यी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । सरकारले मलाई दिएको  मुख्य जिम्मेवारी पनि लोडसेडिङ अन्त्य र प्राधिकरणको सुधार नै थियो ।’
लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा आम नागरिकले पत्याउने अवस्था नभएको उनको भनाइ थियो । ‘तर माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा तत्काल लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्नेमा हामी दृढ थियौं । त्यसै अनुसार विद्युतको चुस्त व्यवस्थापनमा म र मेरो टिम क्रियाशील भयौं र सफलता हासिल ग¥यौं,’ उनले भने, ‘सहजरुपमा ऊर्जा आपूर्ति हुनासाथ मुलुकको अर्थतन्त्रले नै फड्को मारेको छ ।’
हाल औद्योगिक क्षेत्रमा बेलुकाको दुईदेखि तीन घन्टाबाहेक विद्युत आपूर्तिको कारणले देशभरि लोडसेडिङ नभएको उनले जानकारी गराए । ‘तर भैरहवा लगायत देशका केही भू–भागमा सबस्टेसन, ट्रान्सफर्मर तथा वितरण लाइन ओभरलोडका कारण केही घन्टा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक स्थिति छ । यो समस्यालाई निकट भविष्यमै समाधान गर्न हाम्रो सम्पूर्ण प्रयास जारी छ,’ उनले भने, ‘लोडसेडिङ अन्त्यमा मात्रै चित्त बुझाउने र यसमै रमायौं भने आगामी दिन झन् अँध्यारोतर्फ धकेलिन सक्छ । यसतर्फ हामी सचेत भएर लागि रहेका छौं । अलपत्र अवस्थामा रहेका जलविद्युत आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनाहरुको काम तीव्र रुपमा अगाडि बढाउन हामी प्रयासरत छौं । प्राधिकरण लगायत ऊर्जा क्षेत्रको समग्र पुनर्संरचना अगाडि बढेको छ । संस्था सुधार एवं पुनर्संरचनाको हाम्रो प्रयास निरन्तर जारी रहने छ ।’

प्रकाशित: ३० भाद्र २०७४ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App